अपडेट 
२०७८ चैत्र ८, मंगलवार १८:१४

नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ४ सय ९५ पिसिआर परिक्षणका क्रममा ३५ जना र २ हजार ९९ एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ४ सय ८१ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६३ हजार ५ सय ९२ जना निको भएका छन् । हाल नेपालमा २ हजार ६ सय ८८ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News