२०७८ चैत्र ९, बुधबार ०७:२१

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक्लै चुनाव लडने तयारी थालेको छ ।

मधेश प्रदेशका जिल्लाका नेता, कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा सहभागी अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहमा तालमेल गरी चुनाव लडने कुनै दलसित सहमति नभएको बताए । ‘स्थानीय तहको निर्वाचनमा अहिलेसम्म कुनै पनि दलसँग गठबन्धन गर्ने सहमति जुटिसकेको छैन्’ उनले भने, चुनावको समय नजिक आएकाले एक्लै भए पनि चुनावमा जानैपर्छ । संघीय सरकारमा सहभागिताका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेको उनले बताए ।‘सरकारमा आउन प्रधानमन्त्री देउवाले आग्रह गरेका छन्’ उनले भने, तर मधेश आन्दोलनका कार्यकर्ताहरुमाथि लगाइएको मुद्दा खारेज हुनुपर्ने, नागरिकता विधेयक पारित गर्नुपर्ने लगायतका माग सम्बोधन भए मात्र सरकारमा जाने जनाउ दिएका छौ ।प्रधानमन्त्रीजीले प्रतिनिधि सभाको आगामी बैठकमा नागरिकता सम्बन्धी विधेयक प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको उनले बताए । प्रशिक्षण कार्यक्रममा लोसपाका वरिष्ठ नेताद्वय राजेन्द्र महतो, शरतसिंह भण्डारी, नेता अनिल झा लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News