२०७८ चैत्र ९, बुधबार ०७:४३

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७७।७८ मा २२ हजार ६ सय २५ उजुरी परेको जानकारी दिइएको छ ।

आयोग हेटौडाद्वारा मंगलबार आयोजित भ्रष्टचार नियन्त्रण र सुसाशन प्रवद्र्धन विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा आयोगका प्रमुख आयुक्त डा.हरि पौडेलले २२ हजार ६ सय २५ उजुरी परेको मध्ये १४ हजार मुद्दाहरुलाई किनारा लगाइ सकिएको जानकारी दिए । वीरगञ्जको नगरसभा गृहमा भएको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले उठाएको सवालको जवाफ दिँदै उनले आयोगले निरन्तर रुपमा निकायहरुमाथि निगरानी बढाएको बताउंदै पर्सा जिल्लामा रहेका भ्रष्टाचारीहरुलाई सचेतसमेत गराए । भ्रष्टचारमा पर्सा, बारा, रौतहट र सर्लाही जिल्लाहरुमध्ये पर्सा चौँथो स्थानमा रहेको बताउंदै उनले आव २०७७।७८ पर्सामा ९ सय २९वटा उजुरीहरु परेकोमा ५ सय १८ वटा फर्छियोट भएको जानकारी दिए । सोमध्ये महिलाहरु माथि कम मुद्दाहरु परेको छ भने पुरुषमाथि बढि रहेको आयुक्त पौडेलले बताए ।

स्थानीय तहका विभिन्न निकायका प्रमुखहरुको सहभागिता रहेको सो कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पर्सामा भएको भ्रष्टाचारीहरुलाई यथाशीघ्र कानूनको दायरामा ल्याइ अख्तियार समक्ष जानकारी गराउने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख नेक महम्मदले पर्सामा प्रत्येक भ्रष्टाचारीहरु चिप्लो कुरा गरी निकायहरु लाई फकाउँदै भ्रष्टचार गर्दै आएकोलाई पहिचान गरी कानूनको दायरमा ल्याउन जिकिर गरे । कार्यक्रममा अख्तियार दुरुपयोगका उप–सचिव वेदप्रसाद भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Comment


Related News