२०७८ चैत्र १०, बिहीबार ०६:३७

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले नेपाली काँग्रेस विश्वकै उत्कृष्ट लोकतान्त्रिक पार्टी रहेको दावी गरेका छन् ।

उनले विश्वभरमा पार्टी भित्रको आन्तरिक पदाधिकारी चयन यस प्रकृयाले कुनै पनि मुलुकमा नरहेको बताए । नेपाली काँग्रेस धनुषाको १४ र्औ अधिवेशनवाट नव निर्वाचित पदाधिकारीहरुको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्वोधन गर्दै नेता निधिले नेपाली जनताले कम्युनिष्टहरुलाई दुई तिहाईको बहुमत दिए पनि सरकार सञ्चालन र लोकतान्त्रिक विधि प्रक्रियामा धेरैनै कमजोर रहेको आरोप लगाएका थिए । उनले भने–‘दुई तिहाई मत दिएर मुलुकलाई समृद्धिको बाटोमा डोरयाउन जनताले चाहेको भए पनि नेपालको विधि प्रक्रिया र नेपालको संविधान कम्युनिष्टहरुवाट अगाडि बढाउन सक्दैन् ।’ नेपाली काँग्रेसनै लोकतान्त्रिक विधि प्रक्रियालाई रक्षा गर्ने दावी गर्दै नेता निधिले आफ्नो पार्टी गठवन्धनमा भए पनि कम्युनिष्ट, जसपा र लोसपाहरुवाट देश नचल्ने बताएका थिए ।

उनले आगामी बैशाख ३० गते काँग्रेसीहरुको एकताको अग्नि परीक्षा रहेको बताए । उनले बैशाख ३० गते ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वडाको निर्वाचन हुन लागेको भन्दै मुलुक भरिमा काँग्रेसीको बिजयी सुनिश्चित गराउनुपर्ने आवश्यकता रहेको बताएका थिए । उनले कम्युनिष्ट र अन्य पार्टीहरुवाट देश नचल्ने भएकाले रुख छापमा मतदान गर्न आम जनसमूदाय संग अपिलसमेत गरेका थिए । आगामी निर्वाचनमा पार्टीको विधान अनुसारनै टिकट वितरण हुने भएकाले टिकटकै लागि आफ्ना उम्मेदवारलाई हराउनु नहुने बताए ।

Comment


Related News