२०७८ चैत्र १०, बिहीबार ०६:४९

मधेश प्रदेशमा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले प्रादेशिक प्रशिक्षण सम्पन्न गरेको ३६ घण्टा भित्रै नेकपा एसले पनि प्रादेशिक बैठक गर्न लागेको छ ।

नेकपा एसको प्रादेशिक बैठकको प्रमुख आतिथ्य ग्रहण गर्न पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल बुधवार जनकपुरधाम आइपुगेका छन् ।विहीबार मधेश प्रदेश कमिटीको पूर्ण बैठक बस्ने पोलिटब्यूरो सदस्य समेत रहेका प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले जनाए । एसका अध्यक्ष नेपालले अन्य दलहरुको बलमा चुनाव जित्ने भ्रममा नपर्न कार्यकर्ताहरुलाई सुझाव दिदै आफ्नै बुत्ताले चुनावमा जानुपर्ने तर्क दिन थालेका छन् ।‘जनता र पार्टीले चिनेका व्यक्तिहरु मात्र टिकटका हकदार हुन्’ उनले भने, स्थानीय तहको चुनावमा पार्टी एक्लैले लड्ने छ ।

एसका अध्यक्ष नेपालले बनाएको रणनीति नेकपा एमालेलाई ध्वस्त बनाउने किसिमको बताइन्छ ।चुनावमा उनले एमालेलाई अत्यन्त कमजोर स्थितिमा ल्याउन सके सफल हुने विश्वासमा रहेको देखिन्छ । नेता नेपाललाई विमानस्थलमा पार्टीका नेताहरुले स्वागत गर्दै मधेश भवनमा रहेको मन्त्री महतोका निवासमा पु¥याएका थिए । नेकपा एसबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा डा.अजय झाले भीड्ने तयारी गरेका छन् ।उनी टिकट पाउने आश्वासन पाइसकेको बताइन्छ । एमालेबाट विभाजन भएपछि नेकपा एसको पक्षमा नेताहरु लागे पनि कार्यकर्ताहरुमा विभाजनको भारी प्रभाव अझै देखिएको छैन् ।तर स्थानीय तहको चुनावको समयमा एमालेका असन्तुष्ट पक्ष एसमा समाहित हुने अनुमान गरिएको छ ।त्यसकारण पनि नेकपा एसले एक्लै चुनावमा जान चाहेको बताइन्छ ।

Comment


Related News