२०७८ चैत्र १०, बिहीबार ०७:५४
बारा । हिँसा र बलात्कारको घट् नाको सङ्ख्यामा बृद्धि हुँदै गएपछि यहाँका बिद्यार्थीहरुले त्यसको विरुद्धमा प्रर्दशन गरेका छन् ।
जीतपुरसिमरा उपमहानगर भित्रका बिभिन्न विद्यालयका बिद्यार्थीहरुको सहभागितामा गरिएको विरोध प्रर्दशनमा सरकारसँग सुरक्षाको माग गरिएको थियो । कतै सुरक्षाको प्रत्याभूति नभएको र बलत्कारको सङ् ख्यामा दिनप्रतिदिन बृद्धि भएको भन्दै बिद्यार्थीहरुले बिरोध प्रदर्शन गर्नुपरेको बिद्यार्थी नेता दिपेन्द्र यादबले बताए । विरोध प्रर्दशनमा वी वान्ट जस्टीक्स, बलात्कारीलाई फाँसी दे ,चुरा लगाउँने हाँतले छुरा चलाउँनुपर्छ, राष्ट्रपति के हेर्दै, प्रधानमन्त्री के हेर्दै, बलात्कारी देश घेर्दै जस्ता नारा लगाइएको थियो । प्रर्दशनपछि बिद्यार्थीहरुले मैनबत्ती प्रज्जवलन गरेका थिए ।

