गौर । आगामी बैशाख ३० गते हुन भनिएको स्थानीय तहको निर्वाचनको समय नजिकदै जाँदा रौतहट लगायत विभिन्न जिल्लाहरुमा चुनावी चहल पहल शुरु भएको छ ।
गाउँ, शहर, टोल, बजार, चौक ,चौराहा तथा चिया पसलहरुमा चुनाव कै चर्चा चल्ने गरेकोले चुनावी माहौल बन्दै गएको छ । निर्वाचनमा भाग लिने राजनीतिक दलहरुका नेता, कार्यकर्ता र समर्थकहरु अहिले को जित्ने र को पराजित हुने भने आकलनमा लागेका छन् । बिहानै पख चिया पसलमा जम्का भेट हुने बौद्धिक बर्गका व्यक्तित्व तथा पार्टीका नेताहरुले निर्वाचनमा कुन पार्टीको बहुमत आउने कसको नआउने भनि बहस चलाउने गरेकाले रौतहट जिल्लामा चुनावी बातावरण आम नागरिकहरुमा समेत बन्दै गएको छ । निर्वाचनको समय नजिक आउदै गरेकोले चुनाव लड्ने आकांक्षी रहेका नेताहरुले नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदको लागि धमाधम उम्मेदवार हुने घोषणासमेत गर्ने गरेका छन् ।
१८ स्थानीय तह भएका रौतहटमा राष्ट्रिय दल नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र , जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवारहरुको बहस प्राथमिकतामा रहेको देखिएको छ । संघीयता पछि भएको पहिलो निर्वाचनमा सवै भन्दा बढी स्थानीय तहमा निर्वाचित भएका नेपाली काँग्रेस फेरि बहुमतमा आउने अनुमान कतिपयको रहेको छ भने जनता समाजवादी पार्टी नेपालको दोस्रो स्थान आउँन सकिने आकलन गर्ने गरेको छ । सदरमुकाम गौरमा नेपाली काँग्रेस, नेकपा एस, जसपा र लोसपा वीच प्रतिस्पर्धा हुने अवस्था रहेको छ भने राजदेवी नगरपालिकामा नेकपा एस, जसपा, नेपाली कांग्रेसका वीच कडा प्रतिस्पर्धा हुन् सकिने अनुमान गरिएको छ । तत्कालीन मधेशी जनाधिकार फोरम नेपालबाट उप–प्रमुखमा निर्वाचित भएकी अंशु सिंह आगामी निर्वाचनमा नेकपा एमालेबाट नगर प्रमुखमा उम्मेदवार हुने बताएकी छिन् ।
गरुडा नगरपालिकामा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा एस वीच कडा प्रतिस्पर्धा हुने अवस्था रहेको छ भने चंद्रपुर नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्रका उम्मेदवार वीच प्रतिस्पर्धा हुने विश्लेषण छ । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रभु साह विरुद्ध गठबन्धन हुने संकेत रहेको छ । मौलापुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्नका लागि सत्ता साझेदार दलका स्थानीय कार्यकर्ताहरु एकजुट भएर संघर्ष गर्ने अवस्था रहेको छ । स्थानीय तहहरुमा सत्तामा रहेका निर्वाचित जनप्रतिनिधिहरुले पावर र शक्तिको दुरुपयोग गरी आर्थिक अनियमितता बढी गरेकोले नयाँ इमान्दार प्रतिनिधि छनौट गर्नु पर्ने धारणा आम जनताको देखिएको छ । निर्वाचनमा रकमी चलखेल भएकोले पैसाको प्रलोभनमा नपरी स्वच्छ र निस्वार्थ रुपमा मतदान गरी जनप्रतिनिधि चुन्नु पर्ने भनाइ सवैको रहेको छ ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=ZQsnuUHM8WA&t=15s

