अपडेट 
२०७८ चैत्र ११, शुक्रबार ११:२८

सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा ११ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ६ सय रुपैयाँले बढेको हो ।

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News