२०७८ चैत्र ११, शुक्रबार ११:४९

जनकपुरधाम । केही दिन अघि मात्रै नेपाल कम्युनिष्ट पार्टी एमालेबाट छुट्टिएर माधव नेपाल नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीले एमाले बाहेक जो सुकै संग चुनावी गठबन्धनमा जान सक्ने बताएको छ ।

शुक्रबार समाजवादीको शुभेच्छुक संगठन समाजवादी प्रेस संगठन नेपालले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सो जानकारी दिएका हुन् । सम्मेलनमा उनले भने,‘प्रतिगमनकारी शक्तिलाई परास्त गर्न निर्माण भएको पाँच दलीय गठबन्धन कामय रहनु पर्छ र राष्ट्रिय हितका लागि एक राष्ट्रभक्तहरु एक जुट भइ अघि बढ्नु पर्ने आवश्यकतालाई हाम्रो पार्टीले अंगालेको छ।’

नेपाली कांग्रेस भित्र गठबन्धनमा रही चुनाव लड्ने या एक्लै जाने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको जानकारी दिँदै उनले भने,‘काँग्रेस गठबन्धनमा नबसेपनि नेकपा एस जनता समाजवादी पार्टी र माओवादी केन्द्र संगै पनि गठबन्धनमै चुनाव लड्न तयार छ।’

हाल सम्म नेपाली कांग्रेसका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवा चुनावमा पनि संगै जाने निर्णयमै रहेको बताउंदै उनले आगामी दिनमा राष्ट्रियता,समाजवाद र आर्थिक समृद्धिलाई मध्येनजर गर्दै सहकार्य गर्ने जुन सुकै पार्टीसंग हामी सहकार्य गर्न तयार रहेको बताए ।

नेकपा अध्यक्ष केपी ओलीको अर्कमण्यताको कारण साँसदकै अस्तित्व खतरामा परेको बेला प्रतिगमन विरोधी शक्तिहरुको आवाज मिलेकोले हामी एक जुट भएर अगाडि बढेका छौं ,उनले भने । त्यसले आगामी दिनमा पनि हामी संगै मिलेर जनता र राष्ट्रको हितमा काम गर्न प्रतिवद्ध र्छौ।

प्रेस संगठनका धनुषा जिल्ला अध्यक्ष रुपेश सिंहको सभापतित्वमा भएको सो कार्यक्रममा अकुल प्रसाद साहले पत्रकार सम्मेलन सञ्चालन गरेका थिए ।

Comment


Related News