अपडेट 
२०७८ चैत्र १२, शनिबार ०७:२१

जनकपुरधाम । यूरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको नयाँ बर्ष २०७९ लाई लक्षितगर्दै “सेट अ न्युँ ट्रेडिशन’’ नामक योजना बजारमा सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सो अनुसार वाशिङ मसिन र वाशर ड्राएरको खरिदमा ६ के.जी. को एरिएल वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा १ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेटका साथै पिजन फ्राइप्यान उपहार पाईने जनाइएको छ । उक्त योजना चैत्र ११ ,२०७८ देखि सिमित अवधिका लागि लागू गरिएको जनाइएको छ । बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजीइओएल रहेको छ ।सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको जनाइएको छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाण्डु भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाण्डु बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News