![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/08/Ministry-of-Health-and-Population.jpg)
नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ६ सय ५५ कोरोना परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६४ लाख ६०८ निको भएका छन् । हाल नेपालमा १ हजार ७ सय ५८ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।