अपडेट 
२०७८ चैत्र १२, शनिबार १८:१४

स्वस्तिक लघुवित्तले तेश्रो वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

लहान स्थित श्री पशुपति आदर्श उच्च मा.वि.मा अध्ययनरत दृष्टिविहिन विध्यार्थीहरुलाई पोशाक, जुता र दृष्टिविहीन छात्रबासको लागी पंखा वितरण गर्नुका साथै वित्तीय संस्थाको शेयरधनीहरु र कर्मचारीहरुको उपस्थितीमा २०७८ चैत्र १२ गते तेश्रो वार्षिक उत्सव सम्पन्न गरेको छ ।

उक्त बार्षिक उत्सव कार्यक्रममा संस्थाको हालसम्मको प्रगती विवरण तथा कार्यक्रममा देखिएका मुख्य समस्याहरुबारे संस्थाका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्णले सहभागी शेयरधनीहरुमा जानकारी गराएका थिए भने संस्थाका अध्यक्ष सत्य नारायण झाले संस्थाको प्रगतीमा मुख्य भुमिका निर्वाह गर्ने कर्मचारीहरुलाई धन्यवाद दिनुका साथै कुनै पनि समय यथावत नरहने भएकोले हाल देशमा भएको आर्थिक समस्याको समाधान समेत क्रमशः हुदै जाने भएकोले अहिलेको अवस्था व्यवसाय बृद्धि गर्ने नभई ग्राहक सदस्यहरुको हितमा हुनेगरी कार्यक्रमको गुणस्तरीयतामा जोड दिनुपर्ने भएकोले कार्यक्रम गुणस्तरलाई प्राथमिकतामा राख्दै कार्यक्रम संचालन गर्न व्यवस्थापन पक्षलाई सुझाव दिदै यस वित्तीय संस्थामा आवद्ध भई लाभान्वीत हुनुभएका सम्पुर्ण ग्राहक सदस्यहरु यस वित्तीय संस्थालाई आवश्यक सहयोग गर्नुहुने सम्पुर्ण शुभचिन्तक, अभिभावकत्व निर्वाह गर्नुहुने निकायहरु तथा नेपाल राष्ट्र बैंकलाई धन्यवाद ज्ञापन गर्दे आगामी दिनमा समेत स्वस्तिक लघुवित्त मार्फत सामाजिक कार्यमा सहकार्य गर्दे जाने बताउनु भएको थियो ।

 

Comment


Related News

Latest News

Trending News