जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) हँसपुर नगर कमिटीको पार्टी कार्यालय एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
पार्टीका पूर्व केन्द्रीय सदस्य रुप नारायण मण्डलको प्रमुख आतिथ्य तथा हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलको विशिष्ठ आतिथ्यमा सो पार्टी कार्यालयको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि मण्डलले लोसपाप्रति हँसपुर नगरपालिकाका जनताहरुको झुकाव देखेर खुशी व्यक्त गरेका थिए । उनले लोसपा मधेशवादी दल मात्रै रहेको दावी गर्दै बहुरुपियाहरुलाई पहिचान गरी आगामी निर्वाचनमा मतदान गर्न आग्रह गरेका थिए । कार्यक्रममा विशिष्ठ अतिथि मेयर मण्डलले जनताहरुले दिएको अभिमत आपूmले पुरा गरेको दाबी गरेका थिए । उनले गत निर्वाचनमा गरेको बाचा सतप्रतिशत नभएपनि ९० प्रतिशत भन्दा बढी बाचा पूरा गरेको दाबी गरे । जनताको भावना अनुसार नै हँसपुर नगरपालिकाको कार्ययोजनाहरु बनाई युवा वर्गहरुलाई लक्षित गरेर आफूले कार्य गरेको बताएका थिए । उनले युवा स्वरोजगार कार्यक्रम अन्र्तगतनै आपूmले सटर निर्माण देखि लिएर कुलतमा नफसोस भनेर यहाँ खेलकुद लगायतका गतिविधि प्रत्येक बर्ष गर्दै आई रहेको दाबी गरेका थिए ।
मेयर मण्डलले आगामी दिनमा पनि आफूलेजनताको हक, हित र संरक्षणका लागि २४ औं घण्टा तयार रहेको दाबी गरेका थिए । जनता आपूmवाट प्रसंन्न रहेको बताउँदै उनले विपक्षीहरुलाई सन्तुष्ट गर्ने मन्त्र आपूmसित नरहेको भन्दै व्यंग्य गरेका थिए । विपक्षीहरु मात्रै निहुँ खोजि रहेको बताउँदै उनले जनता आपूmवाट निराश नहोस भनि सधै सजग रहेको उनको भनाई थियो ।

