अपडेट 
२०७८ चैत्र १३, आईतवार ०७:४५

जनकपुरधाम । नेपाल सरकारले पित्तथैलीमा समस्या भएका विरामीलाई निः शुल्क रुपमा डायलाईसिस गर्ने सेवा प्रभावकारी हुन नसकेको देखिएको छ ।

डायलाईसिस गराउने बिरामीको संख्या उच्च रहेकोले सो अनुसारको मेसिन र जनशक्तिको व्यवस्थापन हुन सक्दा सेवा प्रभावकारी हुन नसकेको हो । दुबै किड्नी खराब भएका महोत्तरी पडौलका बसिर कवाडीले डायलाईसिसको लागि महिनौ कुरेपछि मात्रै जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा डायलाईसिसको लागि पालो पाएको बताए । निःशुल्क रुपमा डायलाईसिस गराउन पालो कुर्दा कुर्दे लाखौ रुपैयाँ खर्च भएको बताउँदै उनले भने,‘सुरुमा अस्पतालले बेड नै खाली नरहेको भन्दै भर्ना गर्न इन्कार गरे । त्यसपछि ईमरजेन्सीमा ४ हजार रुपैयाँ तिरे ,कति महिना सम्म डायलाईसिस गराउनुप¥यो । अहिले सप्ताहमा दुई दिन डायलाईसिस गराउन आउदाँ यातायातमै हजारौ रुपैयाँ खर्च हुन्छ ।’ जनकपुरधाममा प्रदेशिक अस्पताल जनकपुर र जानकी हेल्थ केयर एण्ड शिक्षण अस्पतालले उक्त सेवा दिँदै आएको छ । जनकपुरधामा धनुषा, महोत्तरी, सर्लाही,सिरहा, सप्तरी, सिन्धुली, रौतहट सम्मका बिरामीहरु डायलाईसिसका लागि आउने गरेको कर्मचारीहरु बताउँछन् । प्रादेशिक अस्पतालमा २०६१ सालदेखि डायलाईसिस सेवा सुरु भएको छ भने जानकी हेल्थ केयरमा २०७४ सालदेखि उक्त सेवा सुरु भएको हो । अहिले सम्म प्रादेशिक अस्पतालमा ५ सय १४ जना बिरामी दर्ता छ भने ४५ जनाले नियमित सेवा लिँदै आएका छन् । दैनिक १५ जनाको डायलाईसिस गर्दै आएको प्रादेशिक अस्पतालमा अहिले पनि १ सय बिरामी उपचारको पर्खाइमा रहेका छन् । त्यसैगरी, जानकी हेल्थ केयरमा पनि नियमित ४५ जना बिरामीले डायलाईसिसका सेवा लिने गरेका छन् भने करिब २० जना उपचारको पर्खाइमा रहेका छन् । केयरले दैनिक १५ जना बिरामीलाई बिहान ७ वजेदेखि राति ९ बजे सम्म सेवा दिँदै आएको छ ।

प्रादेशिक अस्पतालमा अहिले ५ वटा मेसिन मात्रै रहेको छ । एक वर्ष अघि १० वटा मेसिन रहेको थियो, डायलाईसिस विभागमा इन्चार्ज रानी झाले भनिन्,‘ तर गत मंसिरदेखि ती मेसिनहरु बिग्रेकोले अहिले प्रदेश सरकारले दिएको ५ वटा मेसिनबाटै नियमित सेवा दिँदै आएको छु ।’ विरामीको चाप उच्च छ, तर सीमित स्रोत साधन भएकोले सबैलाई सेवा दिन सक्ने अवस्था छैन, उनले भनिन्,‘ सरकारले १२ घण्टा सेवा दिन गाईडलाईन दिएको छ । तर आफूहरु १४÷१५ घण्टासम्म सेवा दिइरहँदा पनि सकिने अवस्था छैन । एउटा बिरामीलाई डायलाईसिस गर्न कम्तीमा ४ घण्टा लाग्छ । ५ वटा मेसिनमा तीन सिफ्ट काम गर्दा पनि बिरामीे चापमा कुनै कमी आउन सकेको छैन । डायलाईसिसको समस्या जनकपुरको मात्र नभइ नेपाल रहेको बताउँदै जानकी हेल्थ केयर तथा प्रशिक्षण अस्पतालका डायलाईसिस विभाग प्रमुख डा.रमण मिश्रले भने,‘ सेवा र बिरामीको संख्यामा तालमेल छैन । सेवा दिने क्षमता कम छ तर बिरामीको संख्या उच्च छ । यस्तोमा सबैलाई सेवा उपलब्ध गराउन सकिन्न् ।’ हामीले डायलाईसिस सुरु गरेको ५ वर्ष भयो उनले भने,‘ तर सरकारले अझैपनि प्रति बिरामी हामीलाई २ हजार ५ सय रुपैयाँ मात्र दिइरहेका छन्, ५ वर्ष अघि तोकिएको मूल्यमा कुनै संशाोधन गरेको छैन । यता, कोभिड–१९ पश्चात मधेश प्रदेश सरकारले स्वास्थ्यमा ठूलो सुधार भएको दाबी गर्दै आए पनि डायलाईसिसका बिरामीको सेवामा खासै सुधार देखिएको छैन ।

अहिले मधेश प्रदेशका प्रादेशिक अस्पताल जनकपुर, वीरगञ्जको नारायणी क्षेत्रीय अस्पताल र सिरहाको सिरहा जिल्ला अस्पतालले मात्रै डायलाईसिसको सेवा दिँदै आएको छ । मधेश प्रदेश सरकार अघि जनकपुर र वीरगञ्जमा मात्रै उक्त सेवा उपलब्ध थियो । मधेश प्रदेश सरकारले थप केही महिनादेखि सिरहा अस्पतालमा उक्त सेवा दिन सुरु गरेको छ । मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजय झाले भने,‘ मधेश प्रदेश सरकार आए देखि नै डायलाईसिसमा धेरै सुधार भएको छ , पहिला यो प्रदेशको यो सेवा निक्कै कमजोर थियो । तर अहिले धेरै सुधार भएको छ । प्रदेश सरकारले प्रादेशिक अस्पताल, सिरहा अस्पतालहरुलाई मेसिन खरिद गरेर दिएको छ । त्यस वाहेक अन्य अस्पतालका लागि पनि समान खरिद भइसकेको र वितरणको काम निकट भविष्यमा नै हुने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News