२०७८ चैत्र १३, आईतवार १८:१५

महोत्तरीमा स्रोत नखुलेको ५५ लाख रुपैयाँ सहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा औरही नगरपालिका वडा नं. २ का २१ वर्षीय धिरज कुमार यादव र १८ वर्षीय रमेश कुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकि औरहीबाट खटेको प्रहरीको संयुक्त टोलीले आइतवार विहान करिब पौने १० बजे औरही–१, औरही स्थित बर्दिबास–जलेश्वर सण्डमा ५५ लाख रकम सहित पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

ज ९ प ८२४७ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद गरिएको हो । पक्राउ परेका दुबैजना सहित रकमलाई आबश्यक कारबाहीको लागी भन्सार कार्यालय जलेश्वर पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News