अपडेट 
२०७८ चैत्र १४, सोमबार ०७:२८

सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहामा टोकन प्रणाली सुरु भएको छ ।

दिनहुँ हुने गरेको भीडभाड नियन्त्रण र सेवा प्रवाहमा सहजता ल्याउन आइतबारदेखि टोकन प्रणाली सुरु गरिएको हो । नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, ई–पासपोर्टलगायतको सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउन टोकन प्रणाली जडान गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । ‘कार्यालयबाट उपलब्ध सेवालाई सहज र व्यवस्थित गर्न टोकन प्रणालीको थालनी गरिएको हो ,र यस प्रणालीले एका तर्फ जनताको गुनासोमा समेत कमी आउने छ ।’उनले भने । दैनिक चार सय सेवाग्राहीलाई टोकन प्रणालीबाट सेवा प्रवाह गर्ने र अनावश्यक झन्झटको अन्त्य हुने अपेक्षा गरिएको उनले प्रष्ट पारे । टोकन प्रणाली अनुसार आफ्नो पालोमा सेवाग्राहीले सेवा पाउनुका साथै कार्यकक्षको झ्याल अगाडि अनावश्यक भीड कम हुँदै जाने विश्वास समेत उनले व्यक्त गरे ,। टोकन प्रणाली मार्फत सेवा सञ्चालन गर्न धनगढीमाई नगरपालिकाले टोकन मेसिन सहयोग गरेको छ। धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीले एक कार्यक्रमबीच टोकन मेसिन जिप्रका सिरहालाई हस्तान्तरण गरेका थिए ।

टोकन प्रणाली लागु भएपछि जिल्लावासीमा नयाँ उत्साह थपिएको छ । टोकन नहुँदा सर्वसाधारणहरुले विभिन्न किसिमको समस्याहरु भोग्दै आएका थिए ।

Comment


Related News

Latest News

Trending News