जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तहलाई लक्षित गरी प्रचार प्रसार समिति अन्तरगत आईतवार मधेश प्रदेशस्तरीय मिडिया परिचालन समिति गठन गरेको छ ।
प्रचार प्रसार समितिका सदस्य अमरनाथ मण्डलको नेतृत्वमा मिडिया परिचालन समिति गठन गरिएको हो । सो समिति १३ सदस्यीय बनाइएको छ । समितिको प्रदेश संयोजकमा सर्लाहीका मनोज यादवलाई चयन गरिएको छ भने सदस्यहरुमा सप्तरीका वृजमान तामाङ्ग, सिरहाका अमरेन्द्र यादव, प्रेमशिला यादव, महोत्तरीका नागेन्द्र यादव, रौतहटका किशोरी यादव, बाराका राम विनय साह, पर्साका आर.के.पटेल, धनुषाका माला राय, वीरेन्द्र साह र आरती मण्डललाई सदस्य पदमा चयन गरिएको छ भन्ने सदस्य सचिवमा स्मृति मिश्रलाई चयन गरिएको हो । जनकपुरधाममा भएको समिति गठनमा आठवटै जिल्लाका प्रेस मञ्चका पदाधिकारीका साथै आर्थिक मामिला तथा विकास मन्त्री शैलेन्द्र साह र केही केन्द्रीय सदस्यहरुको सहभागीता रहेको थियो ।
आसन्न स्थानीय तहको निर्वाचनमा मिडिया मार्फत उम्मेदवारहरुको प्रचारप्रसारको वातावरण बनाउन समितिको मुख्य जिम्मेवारी रहेको बताइएको छ । प्रदेशस्तरीय यी समितिले जिल्ला जिल्लामा पनि मिडिया परिचालन समिति बनाउने निर्णय समेत गरिएको छ ।

