जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले पिर बाबाको मजार हिन्दू र मुस्लिम दुबै धर्मावलम्बीहरुकालागि आस्थाको केन्द्र रहेको बताएका छन् ।
मटिहानी नगरपालिकाद्वारा मटिहानीमा रहेको पिर बाबा मजार सौन्दर्यकरण एवं निर्माण कार्य सम्पन्नको भएको अवसरमा आइतबार आयोजित उद्घाटन समारोहमा उनले सो कुरा बताएका हुन् । प्रसिद्ध एवं पौराणिक ऐतिहासिक रहेको पिरबाबाको मजारलाई दर्शनीय बनाउनकालागि पालिका कटीवद्ध रहेको मेयर मण्डलले बताए । पालिकाले करिब १५ लाखको लागतमा मजारको सौन्दर्यकरण गरेको नपाका इंजिनियर बिमलेश साहले जानकारी दिए । मजार पाँच (५) सय वर्ष पुरानो रहेको स्थानीयवासीहरुको कथन रहेको छ । मटिहानी न.पा– ७ का वड़ा अध्यक्ष जितनारायन माझीको सक्रियतामा सम्पन्न कार्यक्रममा न.पा– ६र ८ का वड़ा अध्यक्षहरु रामबाबु नायकू र गणेश प्रसाद साहू, मटिहानी न.पा– ६का वड़ा सदस्य नूर मोहम्मद राईन , लो.स.पा. का कलीम अंसारी, राजकीय संस्कृत मा.वि. का प्रधानाध्यापक ईश्वरी पौडेल, स्थानीय खुर्शेद आलम, जमशेद कवारी, समसुल लहेरी लगायतका वक्ताहरुले पिरबाबाको महत्व एवं महिमा बारे चर्चा गरेका थिए ।

