अपडेट 
२०७८ चैत्र १४, सोमबार ०८:१६

फागुन २१ गते शनि दिनदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाम र गण्डकी प्रदेशको राजधानी पोखरा बीच हवाई सेवाको शुभारम्भ भएको छ । पोखराबाट जनकपुरसम्म आउँदा पैतालिस मिनट लाग्ने भनिएको छ । यस हवाई सेवाबाट पोखरा पुग्ने पर्यटक जनकपुर आउने सक्ने र जनकपुर आउने पर्यटक पोखरा जान सक्ने अवस्था भएको छ । नेपालमा पोखरा आजसम्म प्रमुख पर्यटकीय गन्तव्य रहेकोमा अब पोखरा र जनकपुरको सम्बन्ध स्थापित भएपछि धार्मिक महत्व राख्ने जनकपुरलाई पनि सो अनुरुप विकास हुने सम्भावना बढ़ेको छ । तर यतिले मात्र पुग्दैन । पर्यटनकहरुलाई दुई चार दिन बस्ने अवस्थाको निर्माण आवश्यक छ । जनकपुरको विभिन्न मठ–मन्दिर, जानकी मन्दिर, राम मन्दिर, शंकटमोचन मन्दिरलाई सजाउने कुरा त आवश्यक छँदैछ, पोखरीहरुको सौन्दर्यीकरण गर्नुपर्ने पनि आवश्यक छ यसको साथै सड़क, स्तरीय होटल र नगरको सरसफाईको व्यवस्था पनि त्यति नै आवश्यक छ ।

जनकपुरधाममा मुख्य रुपमा भारतीय पर्यटक आउने गरेको र यी पर्यटकहरुको लागि धार्मिक मेलाहरु रामनवमी, विवाह पंचमी, मिथिला परिक्रमा, भूmलन महोत्सव आदि बढ़ी आकर्षणको केन्द्र हुन्छन । तर अन्य तेश्रो मुल्कबाट आउने पर्यटकहरु एक दिनमा जानकी मन्दिर, राममन्दिर आदिको दर्शन गरी सकेपछि फर्की हाल्छन । यस्ता पर्यटनले हामी बढी लाभ लिन पाइ रहेको छैनौ । पंचायतकाल भन्दा पूर्व रामनवमी र विवाह पंचमीको बखत महिना– महिना दिनसम्म मेला रहन्थ्यो । अब त्यस्तो रहेन । के त्यस्तो अवस्था व्युताउन सकिन्छ कि सकिदैन त्यस तर्पm पनि सम्बन्धित निकायले सोच्नुपर्छ । राममन्दिर, जानकी मन्दिर र रामनवमी र विवाह पंचमी, मिथिला परिक्रमा तथा भूmलनोत्सव आदि बारे पनि विदेशहरु प्रचार गरिनुपर्छ जो भै रहेको छैन । धार्मिक पर्यटनको विस्तार गर्न राममन्दिर, जानकी मन्दिर आदिको साथै रामनवमी, विवाह पंचमी, मिथिला परिक्रमा धनुषाधाम आदिको पनि विश्व सम्पदा सूचीमा सामेल गर्न आवश्यक छ । अनि मात्र जनकपुरक्षेत्रको धार्मिक विकास र विस्तार सम्भव हुन्छ । अहिले जानकी मन्दिर, राममन्दिर र जनकपुरक्षेत्रको अन्य मठ मन्दिर तथा पोखरी तलाव आदिको सजी सजाउ गरेर मात्र जनकपुरक्षेत्रको धार्मिक पर्यटकीय विकास भै रहेको देखिदैन । अहिले भै रहेको मठ मन्दिरको साथै पोखर ितलावहरुको सजी सजाउ गर्नुपर्ने आवश्यक त छँदैछ तर धार्मिक पर्यटनको विकास र विस्तारको लायगि यतिले मात्र पुग्दैन । पर्यटकहरु आउँदा धार्मिक मठ मन्दिर तथा अन्य धार्मिक स्थलहरुको साथै जनकपुरधामको मिथिलाको संस्कृति र रामायण कथामा त्यसको प्रभाव साथै हाल मिथिला संस्कृतिको पहिचान हेर्न चाहन्छन ।

हामी पनि पर्यटनमा विदेश तीर जाँदा त्यहाँ मुख्य पर्यटकीय स्थलको दिग्दर्शनको साथै त्यस देशको वा त्यस क्षेत्रको रहन सहन, पहिरन, व्यवहार आदि संस्कृतिक अवस्था पनि हेर्न चाहन्छौं । त्यस्तै हामी कहाँ आउने पर्यटकहरु प्नि हामी कहाँको रहन सहन, संस्कारहरुमा हुने विधि व्यवहारको साथै जीवन शैली पनि हेर्न चाहेको हुन्छन । तर पर्यटकहरुलाई यस प्रकारको परिचय गराउने खालको कुनै कार्यक्रम रहेको हामी कहाँ पाइदैन । कोरियाको एउटा निभेको ज्वालामुखी हेर्न हरेक वर्ष त्यहाँ पुग्ने पर्यटकको संख्या करोड़ पुग्छ, स्पेनको साँड़ै जुधाई हेर्न लाखौं पर्यटक त्यहाँ पुग्छन । मिथिलाञ्चलमा गोधनको दिन सुंगुरको बच्चालाई हुर्राहुर्री गराउने खेल हेर्न पनि विभिन्न देशहरुबाट पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । मिथिलाञ्चलको अनौठो सांस्कृतिक सम्पदाहरु पर्यटकहरुको लागि प्रमुख आकर्षक बन्न सक्छ । नेपालमा भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, थाइलैण्ड, कोरिया, अष्टे«लिया, म्यानमार (वर्मा), जर्मनी, बंगलादेश, जापान, फ्रान्स, मलेशिया, स्पेन, नेदरल्याण्ड आदि देशहरुबाट पर्यटकहरु आई रहेका हुन्छन यसमा अधिकांश काठमाडौं– पोखरा बसेर फर्किन्छन । उनीहरुलाई जनकपुर ल्याई मिथिलाञ्चलको साँस्कृतिक, धार्मिक विशेषताहरुको परिचय गराइयो भने विश्वमा मधेश प्रदेशको परिचय अझ बढ़ी प्रचार प्रसार हुने देखिन्छ । रामायण कथाको प्रचार विशेष गरी दक्षिण पूर्व एशियामा त भएकै छ तर बाल्मीकि र तुलसी दासद्वारा रचित रामायणहरुमा मिथिलाको चर्चा कस्तो छ र रामायणको प्रमुख पात्र सीताको जन्म मिथिलामा भएको र राम मिथिलामा आउँदा के कस्तो हेर्नु भयो, विहे कसरी सम्पन्न भयो मिथिला के कस्तो रिवाज थियो यी सबै कुरा बुझन जनकपुरमा कुनै माध्यम छैन ।

यी कुराहरुको जानकारी, राम रावण युद्ध, राम वन गमन आदि राम कथाका प्रसँगहरु देखाउन एकमात्र माध्यम ध्वनी र प्रकाश (लाईट र साउण्ड) हुन सक्छ । तर यसको चर्चा पर्यटनको सन्दर्भमा भएर पनि यस तर्पm सम्बन्धित निकायहरुमा कुनै चियो चर्चासम्म भएको पाइदैन । यस तर्पm सम्बन्धित निकायहरुको ध्यान जानु आवश्यक देखिन्छ । यति मात्र होइ मधेश प्रदेश लोक संस्कृति अत्यन्त समृद्ध छ र यसको लोक गाथा, लोरिक सलहेश, दीना भद्री आदिको साथै लोक नाट्य झिंझिया, सामा चकेवा, डोमक्रच, लोक कथा लोकनाच आदिको प्रदर्शन गरी पर्यटकहरुलाई वासको अवधी बढ़ाउन सकिन्छ । एउटा निश्चित स्थानमा त्यो जानकी मन्दिरको प्राङ्गण अथवा बारहविघा पनि हुन सक्छ यसको प्रदर्शन कुनै नाट्य मंचन गर्ने टोलीद्वारा गर्न सकिन्छ । अनि मात्र पर्यटकीय विकास सम्भव हुने देखिन्छ ।

Comment


Related News

Latest News

Trending News