जनकपुरधाम । रौनियार सेवा समितिको भातृ संगठन रौनियार युवा मञ्चको अध्यक्षमा सन्तोष कुमार गुप्तालाई चयन गरिएको छ ।
युवा मञ्चको कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुको एक भेलावाट गुप्ताको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति र ३ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । नव गठित समितिको उपाध्यक्षमा संजयकुमार गुप्ता, महासचिवमा पंकजकुमार आजाद (रौनियार) सचिवमा राकेश कुमार गुप्ता र कोषाध्यक्षमा रविकुमार गुप्तालाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा ओमप्रकाश गुप्ता, कृष्ण साह, रोहनकुमार गुप्ता, रत्न साह रौनियार, निरजकुमार गुप्ता, सुमितकुमार गुप्ता, चन्दन प्रसाद साह, दिपककुमार गुप्ता, शुभम रौनियार र अमनकुमार गुप्तालाई चयन गरिएको छ । त्यस्तै सल्लाहकारहरुमा डा. राहुल गुप्ता, डा. विजयकुमार साह र संजितकुमार गुप्तालाई चयन गरिएको छ ।

