२०७८ चैत्र १४, सोमबार १३:३०

मुख्यमन्त्री लालबाबु राउतले सदियौ देखि सासक बर्गबाट उपेक्षित रहदै आएको बर्ग समुदायलाई राज्यको मुलधारमा ल्याउन मधेश सरकार प्रयासरत रहेको बताउनु भएको छ ।

सिरहाको गोलबजार नपा १३ दुर्गापुरमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उपेक्षित बर्गलाई मुलधारमा ल्याउन पहिलो आवश्यकता रहेको शिक्षा र रोजगारीका लागि मधेश सरकार ठोस योजनाका साथ अघि बढेको बताउनु भयो । समाजको आधा हिस्सा ओगटेको महिलाहरुलाई शिक्षामा आकर्षित गर्न आफू हरु बेटी पढाउ, बेटी बचाउ कार्यक्रम ल्याउदै रोजगारीका लागि मधेश मा ५० प्रतिशत आरक्षणको ब्यबस्था समेत गरेको उल्लेख गर्नु भयो ।

मुख्यमन्त्री राउतले महिलाका अतिरिक्त राज्यको उपेक्षाको सिकार रहदै आएको दलित, मुस्लिम ,आदिबासी ,जनजाति लगायतको समुदायका लागि जनसंख्याको अनुपातमा आरक्षणको ब्यबस्था गर्दै राज्यको मुलधारमा सशक्त उपस्थिती गराउने प्रयत्न गरि रहेको दावी गर्नु भयो ।

मधेश सरकारले शुरु गरेको अभियान को प्रभाब १०र१५ बर्ष पछि देखिने उल्लेख गर्नु हुँदै उहाँ मधेश आन्दोलनको क्रममा मधेशी जनताले देखेका सपना हरु मधेश सरकारले क्रमशस् पूरा हुँदै गएको जिकिर गर्नु भयो ।

वडा अध्यक्ष लक्ष्मी नारायण महतोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जसपा केन्द्रिय कार्यकारिणी सदस्य प्रकाश अधिकारी , केन्द्रिय सदस्य एवं नेपाल सरकारका पुर्ब मन्त्री सत्रुधन प्रसाद सिंह,प्रदेश सभा सदस्य सुनिता राम, केन्द्रिय सदस्य रोहित महतो, जिल्ला अध्यक्ष अशोक यादव सहितका नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यकर्ता भेलामा वडाका जेष्ठ नागरिक हरुलाई मुख्यमन्त्री राउतले माला गम्छाले सम्मान गर्नु भएको थियो ।

Comment


Related News

Latest News

Trending News