२०७८ चैत्र १४, सोमबार १५:३४

मधेस प्रदेश सभामा थप एउटा विधेयक पारित भएको छ ।

सोमबार बसेको मधेस प्रदेश सभाको आठौं अधिवेशनको १३ औँ बैठकबाट ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरेको छ । प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै मधेस प्रदेशमा पारित हुने विधेयकको संख्या ४४ पुगेको छ ।

आजको बैठकमा सभामुख सरोजकुमार यादवले रूलिंग गरेपछि बैठकमा मन्त्रीहरुले सदनमा उठेको प्रश्नको जबाब दिएका थिए । प्रदेश सभाको अर्को बैठक चैत १६ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

Comment


Related News

Latest News

Trending News