धनुषा जिल्लाको सबैलामा मोटरसाइकल दुर्घटनामा परी चारजना बालकहरुको मृत्यु भएको छ ।
सबैला गाउंपालिका–१२ रघुनाथपुरको नहरचोक बरकुर्वा सडकखण्डमा ज ६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । घाइतेको वस्था गंभीर रहेको बताइएको छ । दुर्घटनामा परी सबैला गापा– २ का चारजना बालकहरु छन् । दुर्घटनामा परी १२ वर्षीय लक्ष्मी यादव, मोटरसाइकल चालक १५ वर्षीय राहुल यादव, १४ वर्षीय सुमित यादव १२ वर्षीय बौका भनिने विकास यादवको मृत्यु भएको छ । सो दुर्घटनामा परी सोही वडाका १९ वर्षीय सुरेन्द्र यादव गंभीर घाइते भएका छन् । घाइेत यादवको उपचार जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतले बताए । दुर्घटनामा परी घाइते भएका पाँचै जनालाई अस्पताल पु¥याउंदा उपचार नहुँदै चारजनालाई चिकित्सकले मृत घोषणा गरेको थियो ।
प्रहरीका अनुसार एउटै मोटरसाइकलमा पाँचै जना सवार रहेका थिए । तीव्र गतिका कारण अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ भने यस बारे थप अनुसन्धान जारी रहेको जनाइएको छ ।
https://www.youtube.com/watch?v=VzR7rinzOeY

