अपडेट 
२०७८ चैत्र १५, मंगलवार ०६:५१

जनकपुरधाम । अमेरिकन ब्राण्ड ब्लाक्क प्लस डेक्करले नयाँ बर्षलाई लक्षित गरी बिग डिलाइट योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले ब्लाक्क प्लस डेक्करको साना होम एप्लायन्सहरुको खरिदमा बिभिन्न आकर्षक उपहारहरु प्राप्तगर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकहरुले यो योजनाको लाभ चैत १३गतेदेखि सीमित अवधिका लागि नेपालभरि उठाउन सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले ब्लाक्क प्लस डेक्करको एअर ह्युमिडि फायरको खरिदमा एभरेष्ट अरोमाको अरोमाकिट(ओएल) निःशुल्क प्राप्त गर्न सक्नेछ भने माईक्रोवेभ ओभनको खरिदमा कूकिङ किट निःशुल्क प्राप्त गर्न सक्नेछ । त्यसैगरी ब्लाक्क प्लस डेक्करको अरु सबै सामानहरुको खरिदमा गुणस्तरीय किचेन एपरोन निःशुल्क प्राप्त गर्न सक्ने जनाइएको छ । ब्यालक्क प्लस डेक्करको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको कम्पनीले जनाएको छ।

अन्तरराष्ट्रिय ब्राण्ड ब्लाक्क प्लस डेक्करका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भइरहेको र ब्लाक्क प्लस डेक्करले प्रविधिको क्षेत्रमा नवीनता र आयाक्म थप्दै आफ्नो सुरुवाती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ । ब्लाक्क प्लस डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

Comment


Related News

Latest News

Trending News