२०७८ चैत्र १५, मंगलवार ०६:५३

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल हंसपुर नगरपालिकाको नगर अध्यक्षमा रामनारायण कापडिलाई चयन गरिएको छ ।

समाजवादी पार्टी नेपाल र पूर्व राष्ट्रिय जनता पार्टी नेपालका कमिटीको समायोजन गरी गठित नयाँ नगर समितिको अध्यक्षमा कापडिको चयन गरिएको हो । जसपा नेपाल केन्द्रीय सदस्य सुरेन्द्र मण्डल, पार्टीका प्रदेश सदस्य देवकृष्ण मण्डल, समाजवादी युवा संघ धनुषाका अध्यक्ष दीपेन्द्र कापडि सहितको उपस्थितिमा सोमबार ४५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको छ । समितिको उपाध्यक्षमा रामवृक्ष ठाकुर, उदयकुमार सिंह, रामनारायण मण्डल, सचिवमा धनु यादव, सह–सचिवमा कुशेश्वर मण्डल, कोषाध्यक्ष जियाउल मुस्तफाको चयन गरिएको पार्टीको विद्यार्थी नेता बलराम कापडिले जानकारी दिए ।

नेता कापडिका अनुसार समितिका सदस्यहरुमा बलिराम कापडि, सन्तु साह, दिनेश साह, नागेश्वर साह, बिल्टु साह, किसुन दास, श्याम सहनी, सरिताकुमारी साह, फुलगेन यादव, सबिला खातुन, प्रमोदकुमार सिंह, कृपाली मण्डल, श्रीकिसुन मण्डल, मो. सदरे आलम, संजयकुमार कामत, रामजोगावन सिंह, चन्द्रकला देवी राउत, अमृती देवी दास, शिवचन्द्र यादव, बिरेन्द्र साह, अल्काकुमारी रजक, मन्तोरिया देवी महरा, विनयकुमार साह, संजयकुमार सिंह, साबिर नदाफ, रीता मण्डल, श्रवणकुमार मण्डल, इद्रीस नदाफ, राजु ठाकुर, सुखचन्द्र मण्डल, रामसुदिष्ट दास, वरुण मण्डल, मुदिन नदाफ, रामसेवक मण्डल, शिकिलिया देवी राउत, शिवोदेवी महरा र राजकिशोर सोनारको चयन गरिएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News