अपडेट 
२०७८ चैत्र १५, मंगलवार १६:५३

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीको समेत सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित-चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रही प्रदेश न १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित-चट्याङ र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News