अपडेट 
२०७८ चैत्र १६, बुधबार ०८:१२

जनकपुरधाम । केही वर्ष अघि सम्म रेफर अस्पताल भनेर चिनिने प्रादेशिक अस्पताल जनकपुरधाम सेवामा सुधार गर्दै सेवा विस्तारमा जोड दिएको छ ।

मधेश सरकार मातहत आएसंगै प्रादेशिक अस्पताल जनकपुरधाममा हुने क्रमिक सुधारले अस्पताल मधेश प्रदेशमै नमुना अस्पतालको रुपमा सर्वसधारणले लिन थालेका छन् । विशेषज्ञ चिकित्सक ,शैयाको चरम अभाव तथा कर्मचारीको उचित व्यवस्थापन नहँुदा अस्पतालले दिने सेवा लथालिङ बनेको थियो । मधेश प्रदेश मातहत आएसंगै अस्पतालले दिने सेवादेखि सरसफाईमा व्यापक सुधार आएको सर्वसधारणको भनाइ छ । प्रदेश सरकारले यसलाई ५ सय शैय्याको बनाउने निर्णय गरे पनि अहिले ४ सय शैय्यामै सेवा दिँदै आएको छ । प्रादेशिक अस्पताल प्रदेश सरकार मातहत आएपछि अस्पतालले आफ्ना सेवामा पनि विस्तार गरेको छ । दैनिक दुई देखि अढाई सयसम्म विरामी आउने प्रादेशिक अस्पतालमा अहिले साढे ६ सयसम्म दैनिक विरामी आउनुले पनि अस्पतालको सेवामा सुधार भएको सहजै अनुमान लगाउन सकिन्छ । प्रादेशिक अस्पताल जनकपुरधामका निवर्तमान मेसु डा.प्रमोद यादवको कार्यकालमा अस्पतालले करिब एक दर्जन थप सेवा विस्तार गरेको छ । क्यान्सर ओपिडी सेवा सुरु, एनआईसी, आँखा विभाग, न्युरो सर्जरी, युरोलोजि, नेट्रोलोजि लगायतका सेवा विस्तार गरेको छ । सो क्रममा समयमा अस्पताल नआउने कर्मचारी प्रवृतिलाई निरुसाहित गर्न अस्पतालमा वाईमेसिट्र हाजिर गर्नुपर्ने प्रवधान लगाएको नि.मेसु यादवले बताए । सेवालाई चुस्त र दुरुस्त बनाउन टोकन सिस्टम र माईकिङग लगायतका व्यवस्था गरिएको छ । ईमरजेन्सी सेवालाई प्रभावकारी बनाउन एजडियु सेवा लागु गरेको बताउँदै डा. यादवले भने,‘ पहिला इमरजेन्सी सेवा प्रभावकारी थिएन्, कुनै विरामी ईमजेन्सीमा आउँदा सामानको अभावमा उपचारमा कठिनाई हँुदै आएको थियो ।

अहिले ईमरजेन्सीमा १० वेडको एजडियु सेवा सुरु भएपछि अस्पतालले प्रदान गर्ने सेवामा व्यापक सुधार आएको छ । सीमित समयका लागि संचालन हुने ल्याब सेवालाई अहिले २४ औँ घण्टा संचालन गरिरहेको उनले बताए । लामो समयदेखि लेप्रोस्क्रोकोपी मेसिन थन्काईएर राखिएको थियो । तर निर्वातमान मेसु यादवकै पलामा उक्त मेसिन संचालनमा आएको छ । त्यसैगरी, गंभीर प्रकृतिका शल्यक्रियाका गर्नका लागि ३ वटा मोडुलर ओटी कक्ष संचालनमा ल्याइएको छ भने दिउँसो ३ बजेदेखि ५ बजे सम्म स्टेण्डर हेल्थ सर्भिस सेवा दिँदै आएको छ । यसले विभिन्न जिल्लाहरुबाट उपचार गराउन आएका विरामीलाई उपचारमा थप मद्दत पुगेको नि.मेसु यादवले बताए । कोरोना महामारीको समयमा अस्पतालमा अक्सिजनको अभाव हुने गरेको र अक्सिजनको अभावमा विरामीको उपचार गर्न पनि कठिनाई हुने गरेको अवस्थमा अहिले अस्पताल भित्रै अक्सिजन उत्पादन हुने प्लान्ट जडान गरिएको नि. मेसु यादवले बताए । निकट भविष्यमा एमआरआई मेसिन,क्याथ ल्याब संचालनमा ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको र विरामी तथा कुरुवालाई ओहोरदोहर गर्न केही दिनमै दुई स्थानमा लिफ्ट लगाईने उनले बताए । अस्पतालमा निस्किने फोहर व्यवस्थापनको लागि वेस्ट मेसिन जडान गरिएको छ भने विभिन्न स्थानमा खानेपानी व्यवस्थापन तथा शौचालयको समुचित व्यवस्थापन गरिएको जनाइएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधाम स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतका अस्पताल भएको बताउँदै निवर्तमान मेसु यादवले भने,‘ हामीले आफ्नो क्षमता र हैसियतले अस्पतालमा व्यापक सुधार गरेका छाँै । यो अस्पताललाई प्रदेश स्तरको बनाउनमा प्रदेश सरकार सक्रियता पूर्वक लागेको छ ।’ प्रतिष्ठानमा मेसु राख्ने प्रावधान नरहेकोले आफू एउटा चिकित्सकको रुपमा अस्पतालमै कार्यरत रह्ने उनले बताए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VzR7rinzOeY

Comment


Related News

Latest News

Trending News