अपडेट 
२०७८ चैत्र १६, बुधबार ०८:१४

सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्लले न्याय सेवालाई चुस्तदुरुस्त बनाउनु पर्ने बताएकी छिन् ।

मधेश प्रदेशका जिल्ला अदालतहरु तथा उच्च अदालत जनकपुरको अनुगमन पश्चात सञ्चाकर्मी र मानव अधिकारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा न्यायाधीश मल्लले यस्तो धारणा राखेकी हुन् । न्यायाधीश मल्लले न्याय सेवालाई प्रभावकारी बनाउन अदालत, प्रहरीको दायित्व बढी रहेको बताउँदै उनले भनिन्,‘ पीडितले समयमा न्याय पाउनुपर्छ । समयमा न्याय पाएन भने त्यो न्यायको औचित्य नै सकिन्छ । त्यसकारण मुद्दाको प्रकृति अनुसार छिटोछरितो मुद्दाको फैसला हुनुपर्छ ।’ बलात्कार तथा सरकारवादी मुद्दाका साक्षीहरुले आउने यातायात खर्च तथा प्रत्येक जिल्ला अदालतमा रहेको राहत कोषको बारेमा अझै सर्वसधारणले बुझन नसकेको बताउँदै उनले त्यस सम्बन्धी जानकारी गराउन संचारकर्मी, मानव अधिकारकर्मी लगायतलाई आग्रह गरिन् ।

स्थानीय तहमा रहेको न्याय समिति अदालतको विकल्प नरहे पनि त्यसमा गाउँ समाजमा रहेको स–साना विवाद मिलाउन न्याय समितिको पनि भूमिका महत्वपूर्ण हुन सक्ने न्यायाधीश मल्लले भनिन्,‘स्थानीय निकायमा रहेका न्याय समिति अझै प्रभावकारी हुन सकेका छैनन् । कतिपय स्थानीय तहले त्यो समिति नै संचालन गर्न सकेका छैनन् । यस्तोमा त्यो प्रभावकारी हुन सकेको छैन ।’ बलात्कार जस्तो जघन्य अपराधका मुद्दालाई नियमित बहसमा राखेर पनि पीडितलाई न्याय दिनु पर्ने उनले बताइन् । अन्तरक्रिया कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीश विनोद शर्माको पनि सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News