अपडेट 
२०७८ चैत्र १६, बुधबार ०८:२७

जनकपुरधाम । मोटोइंक प्राइभेट लिमिटेडको जावा मोटरसाइकलले नयाँ वर्षको अवसरमा नयाँ स्किम बजारमा ल्याउने भएको छ ।

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनीको रुपमा रहेको मोटोइकले जावा मोटरसाइकलको फोर्टी–टु , जावा, र पेराक लगायतको मोडलमा देशभरि लागु हुने गरी न्यू ईयरस्किम ल्याएको जनाएको छ । यस स्किम अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीहरुले जावा मोटरसाइकल खरिद गर्दा १५ हजारको फ्ल्याट डिस्काउन्ट पाउन सकिने कम्पनीले जनाएको छ । यो अफरको लाभ जावा मोटरसाइकलको बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट सजिलै लिन सकिने जनाइएको छ । अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि निकै रुचाईएको जावा मोटरसाइकलले यस स्किम मार्फत सबैबाट थप सकारात्मक प्रतिक्रिया पाउने विश्वास समेत मंगलबार मोटोइकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।

Comment


Related News

Latest News

Trending News