अपडेट 
२०७८ चैत्र १८, शुक्रबार १८:४२

नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय १६ पिसिआर परिक्षणका क्रममा १६ जना र १ हजार ३ सय १९ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७५ जना कोरोना संक्रमणमुक्त भएको र हालसम्म नेपालमा ९ लाख ६५ हजार ४ सय ६९ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा १ हजार २२ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News