२०७८ चैत्र १९, शनिबार ०५:३०

कलैया । नेपाली कांग्रेस बाराको आसन्न १४ औ निर्वाचनमा जिल्ला सभापतिका प्रत्याशी उम्मेदवार शम्भुबहादुर बुढाथोकी पक्षधरले नेपाली कांग्रेसको कलैया स्थित रहेको कार्यालयमा तालाबन्दी गरेका छन ।

निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनामा धाँधली गरेको हँुदा कार्यालयको भित्री च्यानगेट तलाबन्दी गर्नुपरेको पार्टीका जिल्ला उपसभापति मनोज भटले जानकारी दिए । निर्वाचन क्षेत्र नम्बर १, २, ३ मा शान्तिपूर्ण रुपमा सभापतिका तीन जना उम्म्ेदवारका प्रतिनिधिहरु चन्द्रशेखर यादव, रामप्रवेश यादव र मधुसुधन जयसवालको सहमतिमा गणना सम्पन्न भए पनि क्षेत्र नम्बर ४ मा भने प्रतिनिधिहरु बीच सहमति हुन सकेको थिएन । निर्वाचन क्षेत्र नम्बर ४ मा ४ सय ९१ मत मात्र खसेको थियो । जुन ४ वटा बाक्सा राखिएको थियो । ३ वटा बाक्सामा भएको मत मात्र गणना गर्दा ४ सय ९३ मत पुगिसकेको र १ वटा बाक्सा गणना गर्न बाँकी नै रहेको अवस्थामा खसेको मत भन्दा २ वटा बढी नै गणना भइसक्दा समेत पनि निर्वाचित पार्टी सभापति राजेशराय यादवले कोठाको ताल्चा फुटाएर निर्वाचन अधिकृत, प्रहरी प्रशासनहरुलाई दवाव र प्रभावमा पारी गलत तवरबाट बुढाथोकीको कुनै पनि प्रतिनिधिहरु सहभागी नै नगराई बदनियत पूर्ण एक पक्षीय रुपमा चौथौ बक्सा गणना गरेको हँुदा बाध्य भएर आफूहरु पार्टी कार्यालयमा तालाबन्दी गर्नु परेको उपसभापति भटले बताए । सुरक्षाको जिम्मा बोकेको प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकको मिलोमतोमा सो गणना भएको उनको तर्क थियो ।

१७ गते बेलुका प्रजिअ कृष्ण प्रसाद कटुवाललाई जानकारी गराउँदा सभापतिका तीनै जना उम्मेदवारलाई चैत १९ गते बोलाई प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यतm गरेका थिए । यस बिषयमा पार्टीको उपल्लो समितिले निष्पक्ष छानबिन नगरी छिनोफनो नगरे कडा भन्दा कडा आन्दोलन गर्ने उपसभापति भटले चेतावनी समेत दिए । यति मात्र नभइ पार्टी कार्यालयमा रहेको कलस्टरको ८ वटा बक्सामा रहेका मतपत्रहरु यत्रतत्र रुपमा छरिएको, बाक्सा फोडिएको अवस्थामा भेटिएको हँुदा सभापतिमा जितेका यादव पक्षधरले सो बक्सामा पनि मतपत्र मिसाएको हुन सक्ने हामीलाई शंका उब्जाएको सचिव भैयाराम यादवले बताए । लोकतान्त्रिक मूल्य मान्यता, आर्दश, बिधि, प्रक्रिया समेतलाई धज्जी उडाउँदै एक पक्षीय रुपमा गरेको गणना आपूmहरुलाई कुनैपनि हालतमा मान्य नहुने उनको भनाई रहेको थियो । पत्रकार सम्मेलनमा मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादव, संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादव, जिल्ला सभापति जयचन्द्र चौर सिया, नेताहरु फुलमहम्द मंसुर, ललन यादवको सहभागिता रहेको थियो ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

 

Comment


Related News

Latest News

Trending News