२०७८ चैत्र १९, शनिबार ०५:४८

जनकपुरधाम । जनकपुरधामका राम स्वरुपम राम सागर बहुमुखी क्याम्पसले जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहलाई सम्मान गरेको छ ।

क्याम्पसद्वारा शुक्रबार क्याम्पसमै आयोजित कार्यक्रममा मेयर साहलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा क्याम्पसका प्रध्यापकहरुले मेयर साहलाई आफूहरु स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको रुपमा देखि रहेको बताए । उनले आफूहरु मेयर साहलाई हेरेर सभापति सरहनै हेरिरहेको अनुभूति व्यक्त गरे । कार्यक्रममा प्रध्यापक मुक्ति साह, पूर्व क्याम्पस प्रमुख विष्णु देव यादव लगायतका प्रध्यापकहरुले मेयर साह स्ववियु सभापति हुँदा आफूहरु क्याम्पसमा पढ्न स्मरण समेत सुनाए । कार्यक्रममा मेयर साहले विद्यार्थी भविष्यको कर्णाधार रहेको बताए । उनले राराब क्याम्पसमा आपूmलेनै पढेको बताउँदै यस क्याम्पसकोलागि इमान्दारिता पूर्वक कार्य गरियो भने क्याम्पस पुरानै लयमा फर्किने बताएका थिए ।

Comment


Related News

Latest News

Trending News