वीरगञ्ज, २० चैत । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले गरेको भ्रष्टाचारको भण्डाफोर गर्ने जसपाका युवा नेता राजेशमान सिँहले चेतावनी दिएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिँहले महानगरपालिकामा मौलाएको भ्रष्टाचारको उर्जागर गर्ने बताएका हुन् । कमिशन र भ्रष्टाचारको दलदलमा फसेको महानगरमा अब नयाँ जोश र भिजन भएको नेतृत्वको आवश्यक्ता खट्किएको सिँहको भनाई छ ।
भेलालाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाको मेयरका प्रत्यासीसमेत रहेका सिँहले भ्रष्टाचारको अन्त्य गरेर सुशासन स्थापना गर्ने एवम् जनतालाई महानगरको आभाष गराउनुपर्नेमा जोड दिए । पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदिप यादव र राजेशमान सिँह एकै ठाउँमा आएपछि पुनः पर्सा जिल्ला भरी जसपाको झण्डा फहराउने सफल हुने जसपाका केन्द्रिय सदस्य जनार्दन यादवले बताए ।
भेलालाई मधेश प्रदेशकी प्रदेश सभा सदस्य करिमा बेगम, युवा नेता मुकेश द्विवेदी, महिला नेतृ सुनिता नेपाल, वडा अध्यक्ष बसन्त भक्कड लगायतले सम्बोधन गरेका थिए । शिवजी गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण उमेशलाल सहनीले गरेका थिए ।

