जनकपुरधाम ।स्थानीय तहको चुनावमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा फेरि सुडी जातिका उम्मेदवार हरुबीच नै प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
ठूला दलहरुले मेयरमा उठाउन लागेका उम्मेदवारहरु सुडी जातिका छन् ।तर नगरमा तेली जातिको संख्या अत्यधिक छ ।तेली जातीमा मेयरका लागि योग्य उम्मेदवार हरुको अभाव पनि छैन् ।तर दलहरुको नजर त्यस तर्फ गएको देखिदैन् । जनकपुरधाम उपमहानगरको चुनावमा दलगत र जातिगत दुवै फैक्टर महत्वपूर्ण छ । व्यक्तित्वको भूमिका भने खासै हुँदैन् । सतहमा देखिएका उम्मेदवारहरु मध्ये जनता समाजवादी पार्टी(जसपा) बाट वर्तमान मेयर लालकिशोर साह, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) बाट प्रदेश सभासद परमेश्वर साह, नेपाली काँग्रेसबाट गत चुनावमा प्रतिस्पर्धी रहेका मनोज साह छन् । उनीहरु तीनै जना सुडी जातिबाट हुन् । मेयरको उम्मेदवार घोषणा गरेका वडा नम्बर ७का वडा अध्यक्ष जानकीराम साह तेली जातिका हुन् । तर हालसम्म उनले टिकट पाउने दलको निश्चित भइसकेको छैन् । कलवार र रौनियार जातिबाट उम्मेदवारको चर्चा चलेको छैन् ।जनकपुरधाम उपमहानगरमा संगठनात्मक रुपमा कमजोर देखिएको नेकपा एमालेबाट हालसम्म मेयरका लागि उम्मेदवारहरु सतहमा आएका छैनन् ।तर धनुषा जिल्ला तेली समितिका अध्यक्ष समेत रहेका रामबाबु साहको चर्चा एमालेबाट मेयरको उम्मेदवारको रुपमा हुने गरेको छ । उपमहानगरमा मेयरका लागि नेकपा एकीकृत समाजवादी(एस)ले साह इतरबाट उम्मेदवार उठाउने तयारी गरेको छ ।नेकपा एसले जनकपुरधाम उपमहानगरमा गठबन्धनको समर्थन नजुटे पनि मेयरमा उम्मेदवार उठाउने जनाएको छ । नेकपा एसले डा.अजय कुमार झालाई मेयरका लागि उम्मेदवार घोषणा नै गरिसकेको छ ।व्राम्हण लगायत दलित, जनजातिहरुको मत तान्न सक्ने नेकपा एसको विश्लेषण छ ।
जनकपुरधाममा दलित, जनजातिको मत सर्वाधिक रहे पनि उनीहरुलाई हालसम्म मेयर, उपमेयरमा अवसर दिएको छैन् ।ठूला दलहरु नेकांले ब्राम्हण अथवा कायस्थबाट उपमेयर उठाउने संभावना छ ।गत चुनावमा पनि मेयरमा मनोज साह र उपमेयरमा कायस्थ महिलालाई उठाएको थियो । तत्कालीन संघीय समाजवादी पार्टी( जसपा)ले मेयरमा विष्णुदेव साह(सुडी) र उपमेयरमा यादव महिलालाई उम्मेदवार बनाएको थियो ।तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा)ले मेयरमा लालकिशोर साह र उपमेयरमा रीता मिश्रलाई उम्मेदवार बनाएको थियो ।दुबै जना निर्वाचित भएका थिए । यसपटक पनि लोसपाले मेयरमा परमेश्वर साह र उपमेयरमा रीता मिश्रलाई उम्मेदवार बनाउने भएको छ ।गत चुनावमा एमाले र माओवादी केन्द्रको अवस्था कमजोर थियो ।तर पनि दुबै दलले मेयरमा सुडी जातिका उम्मेदवार उठाएका थिए । एउटै जातिबाट धेरै उम्मेदवारहरु भएपछि जातिय समीकरणको संभावना कमजोर हुने विश्लेषकहरु बताउँछन् ।एउटै जातिबाट अनेक उम्मेदवार भएपछि मतदाताहरुले विवेक प्रयोग गर्ने पूर्व प्राध्यापक रामसागर पण्डित बताउँछन । ‘जनकपुरधाम उपमहानगर पालिकामा दलहरुले उम्मेदवार उठाएर जिताउन निश्चित गरेको आधार बलियो छैन्’ उनले भने, एउटै जातिका उम्मेदवार मात्र जित्न सक्ने आकलन गर्नु नै भूल हो । नगरवासीको समस्या, त्यसको समाधान, विकास, शिक्षा, स्वास्थ्य, पिउने पानी, शौचालय लगायतका विषयहरु चुनावको मुद्दा बन्नु पर्ने पूर्व प्राध्यापक परमेश्वर कापडीको कथन छ ।‘नगरमा विकासलाई प्रमुख मुद्दा बनाएर नै दलहरुले चुनाव लड्नु पर्छ’ उनले भने, जातिय आधारमा चुनिने जनप्रतिनिधिबाट विकासको आश गर्न सकिदैन् ।
लोसपाका उपमहानगर अध्यक्ष बनेका मनोज कुमार चौधरी पनि मेयरको उम्मेदवारीका लागि दावी छाडेका छैनन् ।उनी कलाल जातिबाट भएकाले अल्पसंख्यक भन्दै नेताहरुले उपेक्षा गरेको देखिन्छ । कलवार समुदायमा परे पनि कलाल संख्यात्मक रुपमा जनकपुरधाममा न्यून रहेको छ । दलहरुले नै व्यक्तित्व र क्षमताको मूल्यांकन नगरी जातिय वर्चश्वलाई प्राथमिकतामा राखेको कारण कतिपय अल्पसंख्यक जातिका क्षमतावान व्यक्ति पछि पर्ने गरेका छन् । जनकपुरधाममा मुसलमान समुदायकोपनि मत राम्रै संख्यामा रहेको छ ।तर उनीहरुलाई आसन्न चुनावमा वडा अध्यक्ष बाहेकको अवसर दिने मनस्थिति दलका नेताहरुले बनाएका छैनन् ।
please subscribe our official youtube channel and support.
https://www.youtube.com/watch?v=ZQsnuUHM8WA

