२०७८ चैत्र २१, सोमबार १२:१४
सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा चार सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलामा ९८ हजार ७ सय रुपैयाँ निर्धारण गरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=hd4sIgvcOh8


