२०७८ चैत्र २२, मंगलवार ०७:१९

दुग्घ उत्पादन कृषक र व्यवसायी बीच व्यवसाय विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

किसानहरुले उत्पादन गरेको दुग्ध मूल्य श्रृंखला मार्फत उचित बजारीकरण कसरी गर्ने भन्ने उद्देश्यले कृषि बिकास बैंक खजुरी शाखाले धनुषाको बिदेह नगरपालिकामा सो अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा किसानले मिहिनत र दुःख गरी उत्पादन गरेको दुग्ध समयमा बिक्री वितरण नहँुदा बेला बेलामा मार्कामा परेको भन्दै अब बीटा कार्यक्रम मार्फत सो समस्या समाधान हुने कृषि बिकास बैंक, मधेश प्रदेशका क्षेत्रीय निर्देशक तिलक प्रधानले बताए । किसानको गोठदेखि उपभोक्ताको ओठसम्म स्वच्छ र स्वस्थ दुग्ध पु¥याउने सरकारको नीति तथा कार्याक्रम भए पनि विविध कारणले सो हुन नसकेकोमा निर्देशक प्रधानले दुःख व्यक्त गरे । अब लागु हुने बीटा कार्यक्रम मार्फत किसानलाई दुग्ध उत्पादनदेखि बजारीकरण सम्म गर्नु पर्ने सहजीकरणको वातावरण कृषि बिकास बैंकले व्यवस्थापन गरिदिने प्रधानले जानकारी गराए ।

दुग्ध उत्पदन गर्ने किसानहरुको आयस्तरमा वृद्धि गरेर कसरी व्यवसायीकरण गर्न सकिन्छ भन्दै उनीहरुको उत्पादन क्षमता वृद्धि गरी बजारको माग र उत्पादनको संतुलनसमेत यसै कार्यक्राम मार्फत व्यवस्था गरिने जनाइएको छ । नेपाल सरकार र अर्थ मन्त्रालयको संयुक्त अभ्यास तथा नेपाल सरकारको बजेट भित्र रहेको किसान कार्ड, किसान एप्प तथा क्यास प्वाईन्ट, मर्चेन्टबारे शाखाले किसानको घर दैलोमा पुगेर जानकारी गराइरहेको कृषि बिकास बैंक खजुरी शाखाका प्रबन्धक श्रीराम महासेठले बताए । कार्यक्रममा सहभागीहरुले किसानहरुले उत्पादन गरेको दुग्ध बिक्री वितरणको लागि उचित बजार व्यवस्थापन नभएको गुनासो पोखे । बजारको व्यवस्थापन नभए सम्म व्यवसायी र दुग्ध उत्पादक किसानहरुबीच व्यवसायिक विकास सम्भव नरहेकोले यी दुबै पक्षबीच समन्वयकारी भूमिका निर्वाह गर्न कृषि विकास बैंकलेसमेत विशेष योजना ल्याउनु पर्ने माग सहभागीहरुले गरेका थिए ।

Comment


Related News

Latest News

Trending News