अपडेट 
२०७८ चैत्र २२, मंगलवार ०७:२४

मौसम संगै राजनीतिक वातावरण पनि तात्तिँदै गैरहेको छ । स्थानिय चुनावको मिति नजिकिँदै गए संगै देशको समग्र राजनीतिक र सामाजिक परिदृश्य चुनावी हुँदै गैरहेको छ । चुनावी पार्टीहरुमा कसरी जित्ने भन्ने कसरत शुरु हुँदैछ भने गैर संसदिय पार्टीहरु चुनाव बहिष्कारको कार्यनीतिमा हिसाब किताब गरिरहेका छन् । यद्यपि सत्तामा चुनावी पार्टीहरुको वर्चस्व भएकोले उनिहरुको हल्ली खल्ली बढी छ । स्थानिय चुनाव सारमा अर्थराजनैतिक प्रश्न भए पनि यो प्रत्यक्षतः स्थानिय स्तरमा विकास संग जोडिएको विषय हो । यस्को विशेषता के हो भने स्थानिय स्तरका जनप्रतिनिधिहरु जनतासंग प्रत्यक्ष जोडिएका हुन्छन् । अझ भनौँ जनताका आफ्नै टोल– छिमेकमा बस्नेहरु उनिहरुकै मतबाट निर्वाचित भएका हुन्छन्, र सँधै भरी उनिहरु संगै हुन्छन्, जसलाई प्रत्यक्ष रुपमा नै प्रोत्साहन र गाली दुबै गर्न सकिन्छ । सारमा के भन्न सकिन्छ भने स्थानिय चुनावमा मूलतः इमान्दारी पूर्वक भौतिक विकास, स्वस्थ्य वातावरण, समाज उपयोगी शिक्षा, स्वास्थ्य, गरिब र निःसहाय जनतालाई सहयोग, जनताप्रति समर्पित सरल व्यवहार जनताले अपेक्षा गर्ने विषयहरु हुन् । यसलाई तपाँई स्थानिय स्तरकाजन प्रतिनिधिहरुको योग्यता पनि भन्न सक्नु हुन्छ । राजनैतिक दलहरुले चुनावको बेला नारा लगाई रहेको तथा जनतालाई आश्वस्त पारिरहेको विषय पनि यही नै त हो ! तर यसलाई विडम्बना नै भन्नु पर्छ कि अहिले सम्मको प्रत्येक चुनावको परिणाम जनताको निम्तीधोकाझैँ भएका छन् । प्रत्येक पटक चुनावको बेला अनेक खाले छद्म बहसहरु शुरु हुन्छन्, र विकास र जनताको हितसंग जोडिएका विषयहरु ओझेलमा पर्छन् ।

उम्मेदवारहरु योग्य छन् वा छैनन्, उनिहरुले जनता संग गरेका कबोल कति पूरा गरे वा गरेनन्, भन्ने विषयहरु भन्दा पनि जात, धर्म र क्षेत्रीयताको दृष्टिले कति निकट वा टाढा छन् भन्ने संवेग प्रधान हुन जान्छ । एक त उम्मेदवार आफैले जात, धर्म र क्षेत्रीयताको नारा लगाउन थाल्छ, त्यसमा मिडिया र सामाजिक सञ्चारहरुमा समेत जसरी गैर जनवादी बहसहरु र सर्वेक्षणहरु सिर्जित गरिन्छन्, त्यसले एकातिर मतदाताको सोँचको दिशा मोडी दिन्छ भने अर्को तर्फ यसै निहुँमा जातिय गढहरुमा धाँधली गर्ने अनुकूल वातावरण पनि निर्माण गर्छ । चुनावमा जातिय, धार्मिक र क्षेत्रीय अनुकूलता नै हो, जस्ले निर्वाचित जनप्रतिनिधिलाई कुनै जातिवा समुदाय विशेषको निम्तीपक्षपातीहुन प्रेरित गर्छ र जनताको स्वार्थ भन्दा पनि निजी स्वार्थ तिर बढी धकेल्छ । बढी बदनाम भएपछि कदाचितपात्रहरु फेरिए पनि नयाँ पात्रहरुले पनि पुरानै चरित्र अपनाउँ छन् । किनभने उनले पनि चुनाव जित्ने तरिका यही नै जानेका हुन्छन् — मतदातामा नगद बाँडनु, जाति, धर्म र क्षेत्रीयता र नातागोताको उन्मादी भावना फैलाउनु । र यो सबै गर्न सानो तिनो खर्चले पुग्दैन । यस्तोमा अनेक दाउ गरेर जित्ने जनप्रतिनिधिले सबैभन्दा पहिले आफ्नो लगानी उठाउने, दोस्रोमा आफ्नो निकट, जात, धर्म, र क्षेत्रीय समुदायको हितमा खडा हुनु स्वाभाविक नै हो । चुनावको चरित्र नै अर्थप्रधान भएपछि अरु केही अपेक्षा गर्नु उचित हुँदैन । तर अनुभवले के देखाएको छ भने चुनाव जितिसकेपछि जनप्रतिनिधि आफू र आफ्नो अत्यन्त निकटका बाहेकका अरु कसैकाहुँदैनन् । आफू निकटका भन्नुको अर्थ उनका जाति, धर्म र क्षेत्रीय समुदाय भित्र उनको पक्षमा वातावरण निर्माण गर्ने ‘भोट ठेकेदार’ मानसिकताका मानिस र तत्वहरु हुन्छन् ।

परिणामहरुले के देखाएको छ भने चुनाव पछि जनप्रतिनिधि आफ्ना जाति र धर्मका पनि हुँदैन । वर्तमान चुनावी प्रणालीमा निहित यिनै गैरजनवादीचरित्र तथा आर्थिक नाफाको सम्भावनाको कारण राजनीति र सामाजिक विकास संग साइनो नभएका मानिसहरु समेत समाजकोकुनै क्षेत्रमा अलिकति पनि लोक प्रिय हुने बित्तिकै स्थानिय चुनावमा उम्मेदवारीको दावी गरिहाल्छन् र जित्ने सपना देख्न थाल्छन् । व्यापारी, उद्योगी, वकील, पत्रकार, शिक्षक, एनजी ओकर्मी, सिनेमा कलाकार र लोक प्रिय खेलाडीहरु लगायत नितान्त पेशा जीवीहरु,जो यथार्थमा निजी आवश्यकता पूरा गर्न आर्थिक उपार्जनको निम्ती बाँच्दै आएका हुन्छन्, सामाजिक हितमा जस्को कुनै योगदान हुँदैन, इतिहास हुँदैन, उनिहरु पनि मेयर, उपमेयर आदिका ‘ट्राई मार्न’ थाल्छन् । फेरी यस व्यावसायिक चरित्रको संसदिय राजनीतिमा राजनीतिक पार्टीहरु पनि कुन इमान्दार छन् र ! उनिहरु पनि यस्तैखाले उम्मेदवारको खोजीमा हुन्छन् । यसकारण परिणाम पनि त्यस्तै आउँछ । रोशनजनकपुरीको मैथिली गजलको एउटा शेरमा भनिए जस्तै ः “असली चुनावी खेलके, ई केहनतिलस्म अइछ, जनताके भाग्यमे सदा नकलीए सटा जाइय ।” यस्को मूलकारण हाम्रो समाजको द्वन्दात्मक चरित्र हो । हाम्रो समाज भावनात्मक रुपमा धर्म, जाति र क्षेत्र प्रधान हो भने अर्थ राजनीतिक रुपमा विश्वका अन्य समाज जस्तै वर्गीय समाज नै हो । भावनाले हामीलाई सम्वेदित त गर्न सक्छ, तर हाम्रा भौतिक आवश्यकताको समाधान अर्थ राजनैतिक तरिकाले नै गर्न सकिन्छ । हामीले थोरै आफ्ना चिन्तनमा जोड दियौँ भने हामीले मतदान गर्ने बेला गरेका हाम्रा अपेक्षाहरुमा निहित अर्थ राजनैतिक आवश्यकताहरु बुझ्न सक्छौँ ।

हामीले जनप्रतिनिधिका छनौट जाति, धर्म वा क्षेत्रीय निकटताको आधारमा गरे पनि विजयी उम्मेदवारले हाम्रो समुदायमा सडक, नाला, सिँचाई, स्वास्थ्य, शिक्षामा विकास गर्छन भन्ने अपेक्षा गरेका हुन्छौँ । यी अपेक्षाहरु अर्थ राजनीतिक नै त हुन् ! जनताका यी आवश्यकता पूर्ति गर्न अर्थ राजनीतिक र जनपक्षधर प्रतिनिधि चाहिन्छ । यस दृष्टिले हेर्दा चुनावमा जनताले गलत ठाउँमा गलत अपेक्षा गरिरहेको हुन्छ । यथार्थमा उम्मेदवारले प्रत्यक्ष रुपमा जाति, धर्म र क्षेत्रियताको नाममा जनतालाई भुल्याई रहे पनि वर्गीय रुपमा उसको गँठजोड त पूँजीपति र अभिजात्य वर्गीय शासकहरु संग नै हुन्छ । तर यसलाई भावनात्मक उन्मादको व्यापक प्रचारतन्त्रले यतिचतु¥याँई पूर्वक प्रचारित गर्छ कि प्रत्येक पटकको चुनावमा हामी धोकाको पुरानो इतिहास विर्सेर निजी विश्वासको शिकार हुने गर्छौँ । हामीले थोरै ध्यान दियौँ भने हामी सहजै बुझ्न सक्छौँ कि हाम्रा जनप्रतिनिधिहरु जाति, धर्म र क्षेत्रमा फरक देखिए पनि वर्गीय रुपमा एउटै हुने गर्छन् — धनिक वर्ग । कदाचित अपवाद स्वरुप कोही गरिब वर्गका जित्न सफल भएभने केही दिनमै उसको वर्गोत्थानहुने गर्छ र ऊ पनि धनिक वर्ग जस्तै माथिल्लोको चाकरी गर्छ र तल्लो वर्गमाथी हैकम देखाउन थाल्छ । यस्तो हुनूको मूख्यकारण त हामीले अवलम्बन गरेको राजनैतिक ढाँचा र यसको वर्गचरित्र नै हो, र त्यसपछि उम्मेदवारको वर्गसचेतता तथा सामाजिक प्रतिबद्धता पनि हो । यथार्थ के हो भने यस सारा राजनैतिक खेलमा धनिक वर्ग तथा शासक समुदाय एकजुट हुनेगर्छ र जाति, धर्म र क्षेत्रीय आदि निकटताको नाममा जनसमुदायलाई विविध हिस्सामा फुटाएर भोट बैँकको रुपमा प्रयोग गर्छ तथा आफ्नो वर्गीय हित साध्ने गर्छ । यो नाफाको विशाल संरचनाको मिलिजुली खेल हो, जस्मा खेलाडीहरु बाहिरी रुपमा विविध आवरणमा फरक फरक देखिन्छन्, तर भित्री रुपमा सबै एउटै चरित्रका हुने गर्छन् ।

चुनावको बेलामा सम्भावित परिणाम बारे अनेकन बहस, सर्वेक्षण र समीकरण बारे मिडियामा अनुमानहरु व्यापक हुने गर्छ । परिणाम बारे अनुमानितयी समीकरणहरुमा जाति, क्षेत्र र क्षेत्रीय समुदायको उपस्थिति र पकडबारे चर्चा गरिएको हुन्छ । यस्ले मतदाता तथा चुनावीमा हौलमा एकखाले भावनात्मक बजार निर्माण गर्छ । एक खाले अप्रत्यक्ष दबाब पनि सिर्जना गर्छ । यस्ले मतदाताको सोँचलाई एउटा दिशा दिन्छ, जस्ले धर्म, जाति र क्षेत्रको आधारमा मतदान गर्नुलाई आफ्नो नैतिक कर्तव्य ठान्न थाल्छ । मानौँ चुनाव एउटा धार्मिक अनुष्ठान र आफू जाति, धर्म र क्षेत्र निकटका उम्मेदवारलाई मतदान गर्नु धार्मिक र नैतिक कर्तव्य हो । एक त सम्पूर्ण व्यवस्था नै नाफा मूलक चरित्रको हुनू, र अर्को तिर चौतर्फी मनोवैज्ञानिक वातावरण नै एकखाले भएपछि सोझा साझामतदाताले अन्य दिशामा सोँच्ने आवश्यकता नै महसुस गर्दैन । उसले थोरै फरक दिशामा सोँचेको भए, विगत जस्तै उसले आफ्नै खुट्टामा बन्चरो हानिरहेको थाहा पाउने थियो । यसबाट के बुझिन्छ भने, भन्नलाई स्वतन्त्र निर्णय भनिए पनि हामीले भोगीरहेको चुनावमा मतदाताले गर्ने निर्णय मनोवैज्ञानिक ढङ्गबाट ओछ् याइएको पासोको परिणाम हो । मिडियाहरुको सर्वेक्षणहरुमा जातिय, धार्मिक र क्षेत्रीय आधारमा सम्भावना व्यक्त गरिए पनि धनिक गरिब, मजदूर, किसान, उच्चवर्ग, मध्यम वर्ग, निम्न मध्यमवर्ग, निम्नवर्ग आदिको तथ्यांक प्रस्तुत गरिँदैन ।

यस्तो गरिएको भएथाहा हुन्थ्यो सारा गरिबहरुले धनीहरुलाई आफ्नो प्रतिनिधि छनौट गरिरहेका छन् । हाम्रो समस्या के छ भने हामी हाम्रा निजी विषयहरु (धर्म, जाति, र क्षेत्रीयता) बाट सामूहिक परिणामका आशा गरिरहेका छौँ । अब त राजनीतिका केही छट्ठूहरुले यसलाई ‘ पहिचानको राजनीति’ (आइडेन्टी पोलिटिक्स) मा परिणत गरेर राजनीतिमा निजी स्वार्थ र आर्थिक नाफाको सत्ताकायम राख्न खोज्दै छन् । मानिसको वर्गीय पहिचानलाई उपेक्षा गर्दै जातिय उम्मेदवारले मात्र जातिको हित गर्न सक्छ, धार्मिक उम्मेदवारले मात्र आफ्नो धार्मिक समुदायको हित गर्न सक्छ, क्षेत्रीय अनुहार भएका उम्मेदवारले मात्र क्षेत्रको हित गर्न सक्छ भन्ने भावनात्मक तर्क सार्दै छन् । यीनि वर्गीय र उन्मादी असामाजिक तर्कहरुले समाजलाई विभाजित गरिरहेको छ र आपसी अविश्वास, अपरिचय र अमानवीय संकीर्णता वृद्धि गरिरहेको छ । यसकारण सकारात्मक परिणामको निम्तीजातिय, धार्मिक र क्षेत्रीय होइन, वर्ग सचेत तथा जनप्रतिबद्ध प्रतिनिधि आवश्यक छ । जातिय र धार्मिक होइन, वर्गीय आधारमा गोलबन्दी मात्रले जनसमुदायको हितगर्न सक्छ । प्रत्येक पटकको धोकाको बावजूद पनि व्यवस्था र प्रतिनिधिलाई दण्डित गर्न नसक्नुको एउटै कारण छ — समुदाय वर्गीय आधारमा एकजुट छैन, त्यसैले कमजोर छ ।

Comment


Related News

Latest News

Trending News