२०७८ चैत्र २२, मंगलवार ०७:४८

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन योड्ड कम्युनिष्ट लिग नेपालवाइसिएल) चन्द्रपुर नगरको प्रथम नगर सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

सम्मेलनको उद्घाटन सोमबार आयोजित एक कार्यक्रम बीच वाइसिएलका केन्द्रीय इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले गरे । पार्टीको नगर कमिटी कार्यालयबाट निस्किएको हजारौं कार्यकर्ताले चन्द्रपुर नगर परिक्रमा पछि शहीद स्मृति पार्कमा पुगेर सम्मेलनमा परिणत भएको थियो । उक्त सम्मेलनमा केन्द्रीय ईन्चार्ज सापकोटाले अब वाइसिएलले २०६४ सालको काम गरेर देखाउन आग्रह गरे । माओवादीले संघर्ष गरेर ल्याएको शासन व्यवस्थामा एमालेको कुनै योगदान नरहेकोले उनीहरुलाई जनतामाझ भ्रमको खेती छर्न खोजेको प्रति आक्रोश पोख्दै उनले अब जनतालाई प्रलोभन देखाउने, गुमराहमा पार्न खोज्ने र निर्वाचनको समयमा आएर फकाउन खोज्नेप्रति सजग रहन आग्रह गरे । उनले माओवादीले ल्याएको आमूल परिवर्तनलाई पाखा लगाएर अगाडि बढ्न खोज्ने प्रतिक्रियावादी तत्वलाई समयमै ठेगान लगाउनु पर्ने आवश्यकता औंल्याए । उनले अहिले आएर माओवादीले ल्याएको उपलब्धिलाई आफ्नो भन्दै हिड्नेलाई अब वाइसिएलले नछोड्ने चेतावनी समेत दिए । हिजो निर्वाचनको समयमा गरेको छलकपट अबका दिनमा नचल्ने बताउंदै उनले निर्वाचनमा हुने कुनै पनि गलत क्रियाकलापको डटेर सामना गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले माओवादीको साथ बिना कुनै पनि पार्टीले काम गर्न नसक्ने दाबी गर्दै माओवादीले साथ छोड्दा एमालेका अध्यक्ष केपी ओली बालकोटको बार्दलीमा पुगेको जिकिर गरे । समय समयमा केपी ओलीले चिच्याई चिच्याई सबै दल एकातिर एमाले एकातिर भनेर विभिन्न संचारमाध्यममा बोलेको प्रति व्यङ्ग्य गर्दै वाइसिएलका केन्द्रीय इन्चार्ज सापकोटाले जब मान्छेलाई ठूलो समस्या पर्छ तब चिच्याउने गर्छ भन्दै यतिखेर एमाले राजनीतिक रुपमा ठूलो समस्यामा परेकोले दुःख भुल्न भएपनि ठूलो स्वरमा कराएको टिप्पणी गरे । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य वहिद अन्सारी, केन्द्रीय लेखा आयोग सदस्य एकराज थापा, मधेश प्रदेश सदस्य वीर बहादुर गोले, देवकी नेपाल, वाइसिएल मधेश प्रदेश संयोजक सन्देश श्रेष्ठ, वाइसिएलका केन्द्रीय सदस्य कमला पाण्डे, वाइसिएलका पूर्व केन्द्रीय सदस्य अमित श्रेष्ठ,वडा नं. २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ, वडा न. ३ का वडा अध्यक्ष बोधनाथ देवकोटा(रवि) लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News