![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
हिजो र अस्ति लगातार घटेको सुनको भाउ आज भने एक सय रुपैयाँले बढेको छ । तोलामा आज सुन ९८ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।