२०७८ चैत्र २३, बुधबार ०७:५४

नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले अबको वीरगञ्जलाई आधुनिक बीरगंज बनाउने उद्देश्य आफूले लिएको बताएका छन् । वीरगञ्जमा मंगलबार आयोजित पार्टी प्रवेश तथा वृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

वीरगन्ज महानगरपालिकाका मेयर सरावगीलाई लक्षित गर्दै उनले भने,‘मेयर राम्रो थिए तर उनले जितेको पार्टी नराम्रो भएकोले वीरगञ्जको विकास सोंचे जस्तो हुन सकेन ।’ अब वीरगञ्ज चक्रपथ सहितको चौडा बाटो हरियाली ,प्राविधिक शिक्षालयको हब मेडिकल शिक्षालयको हब ,ग्रीन सिटी यही कुरामा विश्वास गरेर साथीहरु एमालेमा आउनु भएको छ सबैलाई स्वागत छ यो पार्टी हामी सबैको पार्टी हो , यो साझा पार्टी हो , नेकपा एमाले कसैको पार्टी होइन हाम्रो पार्टी हो प्रवेश गर्ने साथीहरुले पनि यही बुझ्नुहोस , राष्ट्र निर्माणको अभियानमा सामेल यो पार्टीमा अन्यत्र रहेका सबैलाई पनि नेकपा एमालेमा प्रवेश गर्न उनले अपिल समेत गरे । मधेश पहाड हिमालमा बस्ने सबै जातजातिका सबै भाषा बाल्ेने सबै पेशा व्यवसायका मान्छेहरुको लागि राष्ट्रिय विकास गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने,‘ के.पी.ओलीलाई मधेश बिरोधी भन्छन् म मधेशकै मान्छे हो । सब भन्दा सजिलो विकास तराईमा छ ब्लास्ट गरेर पहरो खन्नु पर्दैन यहाँ त सजिलो संगै काम हुन सक्छ ।’ कार्यक्रममा पार्टीको अपेक्षा अनुसार जन सहभागिता नभएको जिल्ला सहसचिव प्रद्युम्न सेढाइले स्वीकार गरे । उनले भने,‘ जिल्ला कार्यसमिति चयन भएको एक साता नबित्दै यो कार्यक्रम आयोजना गरिएकोले तयारी नपुगेकोले उपस्थिति फितलो भएको सेढाइको बुझाइ थियो । कार्यक्रमलाई सम्पन्न गर्न लगभग २० लाख रुपैयाँ खर्च भएको चर्चा छ ।

गाउँबाट मान्छे ल्याउन ५सय देखि १ हजारसम्म प्रति व्यक्ति वितरण गरिएको कुराहरु पनि कार्यक्रममा चलेको थियो । कार्यक्रम स्थलमा वडा अध्यक्षका उम्मेदवारहरुको पनि आ– आप्mनै तरिकाको खर्च थियो ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=hd4sIgvcOh8&t=10s

Comment


Related News

Latest News

Trending News