हत्यारा पत्ता लगाई कारवाही गर्नुपर्ने माग गर्दै मृतकका आफन्त र स्थानीयवासीहरुले राजविराजमा विरोध प्रर्दशन गरेका छन् ।
जिल्लाको विष्णुपुर गाउंपालिका–१ खुरहुरिया घर भइ विराटनगरको नोबेल अस्पतालमा कार्यरत डा.विजय यादवको हत्यामा संलग्नलाई अविलम्ब पक्राउ गर्नुपर्ने मागसहितको ज्ञापन पत्र समेत आन्दोलनकारीहरुले प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएका छन् । प्रधान मन्त्रीको क ा र्य ा ल य , ग ृ ह म न् त्र ी क ा े कार्यालय,प्रदेश १ प्रहरी कार्यालय,मधेश प्रदेश प्रहरी कार्यालय,जिल्ला प्रहरी कार्यालय मोरंग र जिल्ला प्रहरी कार्यालय सप्तरीलाई समेत ज्ञापनपत्र पठाइएको छ । विगत चार वर्षदेखि उक्त अस्पतालमा कार्यरत डा.यादवको चैत्र १९ गते शनिबारका दिन विराटनगर स्थित डेरा गरी बसेको कोठा मुनीको भँुईमा मृत शरीर फेला परेको थियो । घोप्टो परेको र नाक मुखबाट रगत बगिरहेको अवस्थामा फेला परेको उनको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइएपछि अन्तिम संस्कार गरी आफन्त र गाउँले न्यायको खोजीमा आन्दोलित भएका हुन् । मृतकका आफन्त तथा स्थानीयवासीहरुले नियोजित रुपमा हत्या भएको भन्दै घट्नाको उच्चस्तरीय छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन र दोषी पत्ता लगाइ कडा कारवाहीको माग अघि सारेका छन् ।
उनीहरुले तीन दिनभित्र हत्यारालाई पक्राउ र कारवाही अघि नबढाइए आन्दोलन चर्काउने समेत ज्ञापन पत्र मार्फत चेतावनी दिएका छन् । मृतकका गाउँले कैलाश यादवले भने“घट्नाको गहनरुपमा अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याएर दोषीलाई कारवाहीको दायरामा ल्याउनु पर्छ ।” डा.यादवको हत्या भएको चार दिन बितिसक्दा पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै पीडित परिवार र विष्णुपुर गाउँपालिकाका वासिन्दा आन्दोलनमा उत्रेका हुन् । बजार क्षेत्र परिक्रमका क्रममा उनीहरुले सरकार विरुद्ध चर्काे नाराबाजी समेत गरेका थिए । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले पीडित परिवार र स्थानीयको तर्फबाट प्राप्त ज्ञापन पत्र तत्कालै सम्बन्धित कार्यालयमा पठाइ न्यायका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
घट्नामा संलग्न रहेको आशंकामा मोरंग प्रहरीले एक चिकित्सक सहित ६ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।


