अपडेट 
२०७८ चैत्र २३, बुधबार १५:३१

थप ३ सय २५ मेगावाट बिजुली भारतमा बेच्न नेपालले अनुमती पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति दिएको हो ।

यसअघि गत कात्तिकमा नेपालले ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएको थियो । यसरी नेपालले अब कुल ३ सय ६४ मेगावाट बिजुली भारत निर्यात गर्न पाउनेछ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै थप बिजुली निर्यातका लागि स्वीकृति पाएको जानकारी दिएको हो । १४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी ग्रिनभेञ्चर हाइड्रोले बनाएको ५२ मेगावाटको लिखु जलविद्युत आयोजनाको ५० मेगावाट बिजुलीलाई भारतले बेच्ने अनुमति दिएको छ ।

Comment


Related News

Latest News

Trending News