२०७८ चैत्र २४, बिहीबार १३:०५

गोविन्द बन्दी कानुन मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवाले बिहीबार गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बन्दीलाई कानुन मन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार मन्त्री बन्दीको शपथ बिहीबार दिउँसो नै गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । हाल दिलेन्द्र बडू कानुनमन्त्री छन् । बन्दीलाई कानुनमन्त्री बनाएपछि दिलेन्द्र वडूलाई भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी गरिएको छ । 

Comment


Related News

Latest News

Trending News