२०७८ चैत्र २५, शुक्रबार ०७:२८

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ मा रहेको चाईनिज रेल्वे ईन्जिनियरिङ्ग– २ कम्पनीले कामदारहरुलाई निर्धारित ज्याला उपलब्ध नगराई दलाल मार्फत ठगी रहेको छ ।

कम्पनीमा कार्यरत्त कामदारलाई जिल्लामा निर्धारित सरकारी ज्याला अनुसारको रकम समेत उपलब्ध गराएको छैन् ।उनीहरुका लागि शौचालय र पिउने पानीको प्रवन्ध समेत गरिएको छैन् ।कम्पनीमा कार्यरत सयौं कामदारहरु खुल्ला ठाउँमा दिसापिसाब गर्न बाध्य छन् । सप्तरी जिल्ला खुल्ला दिसामुक्त घोषणा भइसकेको अवस्थामा चाइनिज कम्पनीले कामदार हरुका लागि शौचालयको प्रवन्ध गरेको छैन् । कम्पनीले दलाल लगाएर नेपाली कामदारलाई न्यून ज्याला दिने गरेको मजदुर हरुले आरोप लगाएका छन् ।‘अन्तर्राष्ट्रिय ठेक्का भएकाले त्यसै अनुरुप ज्याला पाउनु पर्ने हो’ कामदार बालक दास चौधरीले भने, तर तत्काल त्यस अनुसार नभए पनि जिल्लामा निर्धारित सरकारी ज्याला अनिवार्य रुपमा उपलब्ध गराउनु पर्छ ।हाल सरकारी ज्याला भन्दा पनि कम्ती ज्याला कम्पनीले दिने गरेको उनले आरोप लगाए । ‘निर्धारित मापदण्ड अनुसारको पारिश्रमिक दिन र शौचालय, पिउने पानी लगायतको व्यवस्था गर्न पटक–पटक आग्रह गर्दा पनि वेवास्ता गरिएको छ ’उनले भने कम्पनीले माग सुनवाई नगरेपछि बाध्य भएर हडतालमा उत्रनु परेको हो । कम्पनीमा कार्यरत मजदुरहरुले चारदिन देखि हडताल गरेका थिए । विहीबार भएको द्विपक्षीय सहमतिमा कम्पनीले मजदुरहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि हडताल स्थगित गरिएको चौधरीले बताए । कंचनपुर–कमला चारलेन सडक निर्माणको कामकाज ठप्प पारी निरन्तर चार दिन देखि संघर्षमा रहेका मजदुरहरुले विहीबार आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।

कम्पनीका प्रोजेक्ट म्यानेजरले मजदुरहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको मजदुर चौधरीले बताए । मजदुरहरुले उठाएका माग मध्ये खानेपानी, शौचालय र सुरक्षाको व्यवस्था तत्कालै गर्ने, १ महिना भित्र जिल्लाको दररेट अनुसार मजदुरहरुको तलब वृद्धि गर्ने साथै कामको मुल्यांकन गरी हाजिरी बढाउने प्रोजेक्ट म्यानेजरले प्रतिबद्धता व्यक्त गरेको उनले जनाए । दुईपक्षीय सम्झौतापछि सडक निर्माणको कार्य पूर्ववत संचालनमा आएको छ । मजदुरहरुले अग्निसाईर कृष्णासवरन गाउँपालिका स्थिति न्यायिक समितिमा कम्पनीले श्रम शोषण गरेको भन्दै मुद्दा समेत दायर गरेको छ । तत्काल काममा फर्कने सहमति भए पनि सरकारी दररेट अनुसार पारिश्रमिक उपलब्ध नगराएसम्म कानूनी लडाई भने जारी नै रहने मजदुरहरुले जनाए । मजदुरहरुको आन्दोलनका कारण चारदिन देखि सप्तरीको कंचनपुर–देखि कुशहा सम्मको सडक निर्माणको काम बन्द भएको थियो । चाईनिज रेल्वे इन्जिनियरिङ्ग २ कम्पनीले कंचनपुर–कमला चारलेन सडक परियोजनाको निर्माणको ठेक्का लिएकोछ । चाईनिज रेल्वे ईन्जिनियरिङ २ चाँदनी चोकका सम्पर्क प्रमुख सुङ लियाङ थोङ विचोलियाहरुसंग मिलेर श्रम शोषण तथा सेवा सुविधा कटौती गरेको विरुद्धमा मजदुर हरुले पटक–पटक आन्दोलन गर्दै आएका छ्न। मजदुर आन्दोलनले सडक निर्माणको कार्यमा अवरोध सिर्जना हुँदै आएको छ ।

कम्पनीका सम्पर्क प्रमुख सुङ लियाङ थोङले पटक–पटक हुने गरेको श्रमिकहरुको आन्दोलनलाई आश्वासन दिदै छल्ने गरेका छन् ।चाइनिजहरुले सर्प, कुकुर लगायतका जनावरहरु समेत मार्न थालेको आरोप स्थानीय बासिन्दाहरुको छ ।

https://www.youtube.com/watch?v=hd4sIgvcOh8

Comment


Related News

Latest News

Trending News