अपडेट 
२०७८ चैत्र २५, शुक्रबार ०७:५५

कृत्रिम तरिकाले बालिजन्य? र पशुजन्यो उत्पाोदन गर्नु भनेको कृषि हो। यो खेत वा बारीमा अन्नो रोपी त्य्सलाई गोडमेल गरेर अन्नर उब्जाउने काम हो। पशुपालन, बाली उत्पायदन, मत्स्यरपालन, र अन्या जिव–जन्तु को खेती वा पालन कृषि अन्तकर्गत पर्दछन्। खेतीपाती गरेर जिविकोपार्जन गर्ने समाजलाई कृषि समाज भनिन्छु। हाम्रो नेपाली समाज पनि कृषि समाज हो। तर नेपाली समाजले कृषिबाट जिविकोपार्जन गर्न निकै सकस रहेको छ। यद्यपि नेपाली जनताको मूख्य पेशा कृषि नै रहेको छ। कृषिलाई सम्मानित पेशाको रुपमा नलिने गरेको कारण र कृषिबाट जिविकोपार्जन गर्न सहज नरहेको कारण कृषिमा नेपाली युवाहरुको आकर्षण घटदो क्रममा रहेको छ। कृषिमा युवाजमात आकर्षित हुन नसकेकै कारण युवाहरु जिविकोपार्जन गर्नकै लागि खाडी मुलुकलाई आफ्नो रोजगारिको गन्ततब्यटको रुपमा रोज्न बाध्य रहेका छन्। खाडीमा गएर आफ्नो पसिना बगाएर जिविकोपार्जन गर्ने धेरै नेपालीको बाध्यता रहेको छ। खाडीमा पसिना बगाएर कमाएको पैसाले नेपालमा रहेको परिवारले अयात गरिएको खाद्यान्न किनेर आफ्नो पेट भर्ने गरेका छन्। नेपालको अर्थतन्त्रकमा कृषिको प्रभुत्व रहेको छ। १९८० को आखिरी सम्म, ९० प्रतिशत भन्दाल बढी जनसंख्याकको जिविकोपार्जनको माध्यम कृषि नै थियो। यद्यपी जमिनको २० प्रतिशत क्षेत्र मात्र खेतीयोग्यो थियो। कृषिले जीडीपी को ६० प्रतिशत र कुल निर्यातको करिब ७५ प्रतिशत हिस्सा ओगटेको थियो। पाँचौं पञ्चिवर्षीय योजना (२०३२ देखि २०३७) को तर्जुमा भएदेखि नै कृषि सबैभन्दाि बढी प्राथमिकतामा पर्दै आएको छ। तर कृषि क्षेत्रले खासै प्रगति गर्न सकेको छैन्। पछिल्लो समयमा आ. ब. २००७४ देखि लागु हुने गरि १० बर्ष अवधिको लागि सञ्चा।

लनमा ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चाछलनमा आएको ५ बर्ष भैसकेको छ। तर कृषि क्षेत्रमा आपेक्षित प्रगति हुन सकेको छैन। कृषि विज्ञहरुनै परियोजना प्रति असन्तु ष्टीै ब्यक्त गर्न थालेका छन्। विश्वष बैङ्कगका अनुसार नेपालमा बहुसंख्यरकका लागि खाना, आय र रोजगारी को मुख्य स्रोत कृषि नै हो। कुल गृहस्थ उत्पातदनमा कृषिको करिब ३३ प्रतिशत योगदान रहेको छ। बार्षिक जनसंख्या बृद्धि दर संग कृषि उतपादन र उत्पादकत्व बृद्धिको तालमेल मिल्न नसक्दा , कुनै समय कृषि उत्पादन निर्यात गर्ने इतिहास बोकेको नेपाल अहिले बार्षिक खर्बौ रकम बराबरको खाद्यसामाग्री आयात गर्नु पर्ने बाध्यतामा पुगेको छ। २०३३ सालसम्म धान चामल निर्यात कम्पनी स्थापना गरी नेपालले धान निर्यात गर्ने गरेको थियो। अहिले नेपालबाट धान निर्यात होईन, नेपालमा धान अयात हुने गरेको छ। २०३८ साल तिर धान चामल निर्यात गर्ने कम्पनी बन्दा भएका थिए। २०४० को दशकबाट नेपालमा धान अयात हुने क्रम सूरु भएको बुझिन्छप। हिमाली–पहाडी क्षेत्तमा स्थानीय उत्पादन कोदो, मकै, फापर, जौ, उवा प्रयोग हुन्योकमन । यातायातको सुबिधा पुग्न थालेपछि तराईबाट सस्तोमा धान चामल जान थल्योर। जसका कारण पहाडी क्षेत्रमा स्थानीय उत्पादन घटन थाल्यो। अर्कातिर धान उत्पादनको मूख्य भण्डार तराईको जनसंख्यामा अत्याधिक बृद्धी भयो।जसका कारण तराईले पहाड तर्फ धान चामल पठाउन सकेन। भारतबाट अयात गर्नु पर्ने अवस्था आयो। उदाहरणका लागि ०२८ सालको जनगणनाअनुसार रुपन्देही जिल्लाको जनसंख्या २ लाख २५ हजार थियो। गुल्मी जिल्लाको जनसंख्याा २ लाख ७५ हजार थियो। त्यतिबेला सडकको असुबिधाका कारण रुपन्दे२ हीमा उत्पादित धान चामल गुल्मी जादैनथ्यो, भारत निर्यात हुन्थ्यो। यतिबेला रुपन्देहीको जनसंख्या १० लाख नाघेको छ। स्थानीय उत्पादनले रुपन्देथहीलाई समेत धान्दैयन।

उता गुल्मीको जनसंख्या घटेर २ लाख ५० हजारमा झरेको छ। तर, घरघरमा सडक यातायात पुगेका कारण गुल्मीका जनताले चामल किनेर खान थाले, कोदोको खेति गर्नै छाडे। तराईमा पनि चामल र गँहु बराबरजस्तै प्रयोग हुन्थ्योथ। तराईका निम्न मध्यमवर्गका किसानले आफु गँहुको परिकार खएर धान विक्री गरि नगद कमाउँथे।अहिले तराईमा पनि पुरै भाते संस्कृती सुरु भएको छ। नेपालले धान चामल आयातमा वार्षिक खर्बौ रुपैयाँ खर्च गर्नु पर्नाको मुख्य कारण यही हो। नेपालमा परम्परागत रुपमा निर्वाहमुखी खेती प्रणालीको अवलम्बन गरिदै आएको छ। यसकारण उत्पादकत्वमा समय अनुसार बृद्धी हुन सकेको छैन्। कृषि उत्पादन र उत्पा दकत्वआमा बृद्धी हुन नसकेको कारण कृषि अहिले सम्म निर्वाहमुखी पेसाकै रुपमा सिमित रहेको छ। कृषि नाफामुलक व्यवसायको रुपमा विकास हुन नसकेकै कारण कृषिमा युवावर्ग आकर्षित हुन सकेको छैन । कृषिलाई आधुनिकीकरण नगरि नाफामुलक बनाउन सकिदैन्। कृषिलाई नाफामुलक व्यवसायको रुपमा विकास नगरी युवावर्गलाई कृषिमा आकर्षित गर्न सक्ने सम्भवना छैन्। कृषिलाई पनि आकर्षित र सम्मानित व्यवसायको रुपमा विकास गर्न सके मात्र नेपालले रोजगारी र खाद्यान्नि आयात गर्ने समस्या समाधान गर्न सक्छ । यसले मात्र नेपाली नागरिकको नेपालको संविधान बमोजिम प्रदत्त नागरिकको खाद्य, खाद्य सुरक्षा तथा खद्य सम्प्रभुता सम्बन्धी मौलिक हकको सुनिश्चिनतता गर्न सरकारलाई सहज हुनेछ। कृषि जिवन निर्वाहको प्रमुख आधार हो। कृषिविना मानव अहारको आपुर्ति हुन सक्दैन। जिवन जिउन कृषि उत्पादनको उपयोग नगरि सम्भव छैन। तर हामि जस्तो कृषि प्रधान देशमा पनि कृषिमा युवावर्ग आकर्षित हुन सकेको छैन।

विश्व्का अधिकांश मुलुकले कृषि पेसा अपनाएका छन। कतिले कृषिमा आधुनिकीकरण गरिसकेका छन् र कतिपय मुलुक आधुनिकीकरण गर्ने क्रममा रहेका छन। कृषिमा आधुनिकीकरण र यान्त्रि कीकरण नगरि उत्पानदकत्व् बृद्धि गर्न सम्भव छैन। उत्पाादकत्व बृद्धि नगरि खाद्यान्नण आयात गर्ने बाध्यता टर्ने सम्भवना छैन्। नेपालमा उत्पाबदन हुने प्रमुख खाद्यबाली धान ,मकै, कोदो र गँहु लगायतका खाद्यान्नब समेत आयात हुने गरेको छ। यसले नेपालको प्रमुख पेसा कृषिको दैनिय अवस्थाको संकेत गरेको छ। नेपालमा अधिकांशले कृषिलाई निर्वाहमूखी पेसाको रुपमा अपनाएको पाइन्छ , र परम्परागत खेतीपाती गर्ने प्रणालि अपनाउदै आएका छन्। परम्परागत कृषिले कृषकको आवश्यकता पुर्ति गर्न सकेको छैन। कृषिबाट आफ्ना अवश्यदकता पुर्ति नभएकै कारण कृषिमा आकर्षण बढन सकेको छैन ।कृषकको आवश्याकता सजिलै पुर्ति गर्न सक्ने अर्थात कृषि पेसा अपनाएर आफ्ना परिवारको सम्पुर्ण आवश्येकता पुर्ति गर्न सक्ने अवस्थामा कृषिलाई पुर्याअउनै पर्छ। यसले मात्र कृषिमा आकर्षण बढने छ। साथै कृषि पेसा अपनाएकालाई सम्मान गर्ने र कृषिलाई सबभन्दा सम्मानित पेशाको रुपमा लिन सक्नु पर्छ। कृषिलाई एक नाफामुलक व्यवसायको रुपमा विकास गर्नै पर्ने हुन्छ। कृषिलाई नाफामुलक व्यवसायको रुपमा विकास गर्न खेतियोग्य जमिनबाट बर्षैभरि उत्पादन लिन सक्नु पर्छ। साथै खेतियोग्यव जमिनको संरक्षण र सदुपयोग गर्न त्यतिनै जरुरी छ। मौसम अनुसार खेतीपाती गर्ने त्यो पनि अकासे सिँचाईको भरमा। कृषिको यो बाध्यताको अन्य्य हुनै पर्छ। बर्षमा दुई उत्पादन लिन सक्ने धान लगायतका कृषि उत्पादन को दुई उत्पादन लिने ।

त्यसको लागि सिँचाई लगायतका अन्यस आवश्यककताको व्यवस्थापन गर्ने। कृषि उत्पादनको उचित मूल्य तोक्ने। जसबाट कृषकको लागत उठोस र आवश्यककता पनि पुरा होस्। कही कृषि उत्पादनले बजार नपाउने तर कही त्यही उत्पादनको अभाव हुने र आयातित वस्तुले बजार पाउने अवस्थाको पनि अन्य्ले हुनै पर्छ। हामी आयातमा निर्भर रहेका छौं। यस्तोमा हामी कृषि उत्पादनमा मात्र आत्मनिर्भर हुन सकेमा पनि ठुलै उपलब्धी हुनेछ। कृषि उत्पादनमा आत्मनिर्भर हुन हामीलाई चाहिने कुन कुन उत्पादन कति कति हो त्यसको तथ्याङ्क निकाल्ने र सोही योजना अनुसार कृषकलाई खेती लगाउन सुझाउने। भात मात्र खाने होईन हाम्रो अन्य कृषि उत्पादनलाई समेत दैनिक अहारको रुपमा प्रयोगमा ल्याउने। यसरी हामी कृषिमा आत्मनिर्भर भइ सकेपश्चा्त निर्यातमुखी कृषिमा केन्द्रीत हुने। कृषकको आर्थिक समस्या समाधान गर्न नगदे बालीको खेती गर्न प्रोत्साहन गर्ने र कृषकको उत्पादनलाई सहज रुपमा रकममा रुपान्तरण गर्ने व्यवस्था मिलाउने। अहिलेको उँखु किसान जस्तो पिडित बनाउनु हुदैन। कृषिलाई व्यवसायको रुपमा विकास गर्ने र यसकै माध्यमले आफ्ना आवश्यकताको पुर्ति गर्ने बाटोमा हिडनु पर्छ। कृषिको लागि चाहिने मल र बिउ बिजनको उत्पादन आफैले गर्ने । यसले चाहिने बेलामा सँधै मलको अभाव हुने समस्याको पनि अन्तय हुन्छय। कृषिलाई व्यवसायको रुपमा विकास गर्न सकेमा कृषि उत्पादन समेत आयात गर्नु पर्ने बाध्यताको अन्तय सँगै धेरै हदसम्म रोजगारीको समस्याको पनि समाधान हुनेछ। साथै मुलुकको समृद्धिको यात्राको थालनी पनि यँहीबाट हुन सक्नेछ। नेपाल एक कृषिप्रधान सेस हो। लगभग ६६ प्रतिशत नेपालीले जिविकोपार्जन गर्न कृषि पेशा अपनाएका छन्।

उनीहरु कृषिमै आश्रित समेत रहेका छन्। पचास प्रतिशत भन्दा बढी जनसंख्याा कृषिमा आश्रित रहेका कारण कृषि उत्पादन र उतपादकत्वा बृद्धी र बजारीकरण नगरी नेपालले समृद्धीको यात्रा तय गर्न सक्दैन। यस तर्फ नेपाल सरकारले काम गर्न अत्यन्तर जरुरी छ। मोटामोटी रुपमा भन्नुय पर्दा कृषिको विकास बिना नेपालको विकास सम्भव छैन्। केषिकै माध्यमले मुलुकलाई समृद्ध बनाउने सपना सकार गर्न सकिने कुरा सरकारले बुझ्न जरुरी छ। सरकारले बुझेर जनतालाई बुझाउने र यस तर्फ दृढ संकल्पका साथ यस तर्फ काम काम अगाडी बढाउनु पर्छ। आफ्नो खेतबारी बाँझो राखेर अर्काको मुलुकमा पसिना बगाएर भित्र्याएको रेमिटान्सँले मुलुक कहिले पनि समृद्ध हुन सक्दैन। नेपाल सरकारले कृषिबषट मुलुकको विकास गर्नैको लागि कृषि तथा पशु विकास मन्त्रा लयको स्थापना गरेको छ।रालनीतिक दलले पनि भाषण र घोषणामा कृषि मार्फत नै मुलुकलाई समृद्ध बनाउने बताउदै आएका छन्। तर कृषि र किसान कुनै पनि पार्टिको रोजाई र प्राथमिकतामा पर्दैन्। कृषि मन्त्राालय समेत दलहरु र नेताहरुको रोजाईमा पर्दैनन्। मन्त्रादलयसँग प्राविधिक जनशक्ति र बजेट छ। तर सफलता हासिल गर्न सकेको छैन्। अहिलेसम्म किसानले समयमै मल पाउने वातावरण बनाउन सकेको छैन, मन्त्रौलयले।

मलको लागि किसानले भोग्नुा परेको दुःख देख्दाज, कृषि देशको प्राथमिकतामा नै नपरेको देखिन्छल। साथै यो देशमा कृषि मन्त्रा लय किन स्थापना गरिएको होला? सरकारसँग सोध्नत मन लाग्छे। कृषि मार्फत मुलुकको विकास गर्न युवा वर्गलाई कृषिमा आकर्षित गर्ने। कृषिलाई सम्मानित र व्यवसायिक पेशाको रुपमा विकास गर्ने। कृषि आधुनिकिकरण र औजारीकरण गर्ने । जमिन बाँझो राख्नुय पर्ने अवस्थाको अन्य् गर्ने। नेपालको हावापानी र माटो सुहाउदो बाली लगाउन कृषकलाई सुझाउने र त्यस सम्बन्धामा तालिम दिने । सिँचाईको व्वस्था गरिदिने। कृषकको उत्पादनले लगानि अनुसारको मूल्य र बजार पाउने ब्यबस्था मिलाई दिने।कृषि अनुदान कृषककै हातमा पुग्ने व्यवस्था मिलाउने। मोटामोटी रुपमा भन्दाा कृषिबाट उत्पादित उतपादन उपयोग गर्ने हामिले किसानलाई सम्मान गर्न र कृषि कर्म गर्न लाज मान्नुा हुदैन् र सरकारले कृषिबाटै किसानले खुसी खुसी सुखी जिवन जिउने वातावरण बनाई दिनु पर्छ। कृषिलाई हाम्रो बाध्यता मात्र होईन, हाम्रो र मुलुकको आवश्यजकता र समृद्धीको आधारको रुपमा लिन जरुरी छ। सोही अनुसार सरकारले आफ्नो प्राथमिकतामा कृषिलाई राख्नेो र जनताले पनि कृषिलाई व्यवसायिक पेशाको रुपमा अपनाउने ।

Comment


Related News

Latest News

Trending News