२०७८ चैत्र २५, शुक्रबार ०८:०२

धनुषा जिल्लाको हंसपुर नगरपालिका– ७का १८ वर्षीय विजय रामको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले रामको हत्या आरोपमा हंसपुर नगरपालिका–७ नौवाखोरका २० वर्षीय मनोज महरालाई पक्राउ गरेको छ । महरामाथि अनुसन्धान गर्दै जाँदा सोही ठाउँका १९ वर्षीय पंकज मण्डल, २२ वर्षीय जितु मण्डल र महराले मिलेर रामलाई गोली हानी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतले बताए । घटनामा संलग्न ३ जना व्यक्तिहरुले मृत्तकसंगको पुरानो रिसईबीले योजना बनाई हत्या गरेको खुलेको अधिकारी बस्नेतले बताए । विजय राम २०७८चैत २२ गते राती ७बजेको समयमा उनका तीन जना साथीहरु घरबाट बोलाएर घुम्न जाने बहानामा निस्केको र फिर्ता नआएको प्रहरीले जनाएको छ ।

यता फरार प्रतिवादी पंकज मण्डलले प्रयोग गर्ने चस्मा र सर्ट समेत अनुसन्धान टोलीले घटनास्थलबाट फेला पारेको र फेला परेको सर्ट र चस्मा पंकज मण्डलको रहेको भनेर मृतकका बुवा र पक्राउ प्रतिवादी मनोज महराले समेत सनाखत गरिसकेको जनाइएको छ । पक्राउ परेका महरालाई ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको छ भने घटनामा संलग्न भनिएका फरार दुई जनाको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको हंसपुर नगरपालिका–७ मा रहेको एउटा गहुँ खेतमा महराको शव फेला परेको थियो ।

जिप्रका धनुषाका सूचना अधिकारी जितेन्द्र बस्नेतका अनुसार महराको देबे्र आँखाको माथि निधारमा गोली प्रहार भएको घाउ देखिएको छ भने शरीरको पछाडिको भाग ढाडमा दुई ठाउँमा चाकुले प्रहार गरिएको घाउ खत देखिएको छ ।

https://www.youtube.com/watch?v=hd4sIgvcOh8

Comment


Related News

Latest News

Trending News