२०७८ चैत्र २५, शुक्रबार ०८:०७

जनकपुरधाम उप–महानगरपालिकाकालागि तीन अर्व भन्दा बढीको आयोजना स्वीकृत भएको छ ।

जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहको पहलमा सो आयोजनाहरु स्वीकृत भएको हो । अर्वन डेभलोपमेन्ट प्रोटेक्ट (शहरी विकास आयोजना) को संघीय खानेपानी आयोजना अन्तर्गत निर्माण भएको ६ लेन सडक भन्दा पश्चिमको सडकमा १९ किलोमिटर सडक कालोपत्रे, एकीकृत शहरी विकास आयोजना अन्तर्गत निर्माण भएको सडक र नालाको संजालको (पानी लाग्ने क्षेत्र) क्याचमेन्ट मध्ये बाँकी रहेको सडक तथा नाला निर्माण रहेको छ । त्यस्तै जनकपुरधाम क्षेत्र भित्र बाँकी रहेको ६५ किलोमिटर सडक तथा नाला अन्डरग्राण्ड निर्माण, वडा नं. १७ देखि २५ सम्मको सडक तथा नाला निर्माण, सदरमुकाम (बजार क्षेत्र) संग विभिन्न वडा जोडिएका मुख्य सडक तथा जलाद नदी करिडोर (सौन्दर्यकरण) गर्नकालागि तीन अर्व भन्दा बढीको बजेट मेयर साहको पहलमा जनकपुरधामबासीका लागि सौगातको रुपमा ल्याइएको मेयर साहले बताए ।

बिहीबार सो आयोजनाको कार्यालय समुदघाटन गर्दै मेयर साहले जनकपुरधामको मुहार परिवर्तन भई सकेको र आगामी दिनमा थप कामहरु भएपछि पर्यटकीय नगरीको रुपमा विकास गर्न सहज भएको उनले बताए । उनले भने–‘जनकपुरधामको मुख्य समस्याको रुपमा रहेको फोहर व्यवस्थापनको समस्या तत्कालका लागि समाधान भए पनि यी आयोजनाहरु कार्यान्वयन भएपछि स्थायी समाधान हुनेछ ।’ हुनत फोहर अव राजनीतिक मुद्दा मात्र रहेको छ उनले भने– ‘सडकहरु दिनहुँ सरसफाई तथा फोहर व्यवस्थापन गर्ने कार्य भई रहेको छ, कोरोनाका कारण विदेशी पर्यटकहरु आउने क्रम शुरु भएकोछ जनकपुरधाममा पनि विदेशी पर्यटकहरुको आगमन हुनेछ ।’ अहिले पनि बाहिरवाट आउनेहरु जनकपुरधामको परिवर्तन हेरेर आश्चर्यचकित हुने गरेको बताउँदै मेयर साहले संघीय सरकारको कुदृष्टिका कारण डिपिआर भई टेण्डर भएको खानेपानीको प्रोटेक्ट फिर्ता लगिएको प्रति मेयर साहले आक्रोस व्यक्त गरेका थिए ।

जनकपुरधामको विकास निर्माण लगायत शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि व्यापक परिवर्तन आएको उनले बताए । उनले बसहिया, रुपैठा, ज्ञानकुपमा निजी भन्दा बढी विद्यार्थी संख्या रहेको बताउँदै मेयर साहले शिक्षकहरुको समर्पणले ती विद्यालयहरुका विद्यार्थीहरु राम्रो ग्रेडमा उतीर्ण भई रहेको प्रति उनले खुशी व्यक्त गरेका थिए । बिहीबारनै मेयर साहले ज्ञानकुप संस्कृत विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको छ । साथै बिहीबार विभिन्न साना ठूला गरी १२ वटा योजनाहरुको उद्घाटन समेत गरेका थिए ।

https://www.youtube.com/watch?v=hd4sIgvcOh8

Comment


Related News

Latest News

Trending News