अपडेट 
२०७८ चैत्र २५, शुक्रबार १५:४५

मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत राखेपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।

प्रादेशिक अस्पताललाई प्रतिष्ठानमा गाभेर संचालनमा ल्याउने प्रदेश सरकारको निर्णय बिरुद्ध स्वास्थ्यकर्मी, प्रादेशिक अस्पतालका कर्मचारीहरु , नर्सिंग कलेजका विद्यार्थीहरु आन्दोलनमा उतरिएका हुन् ।

प्रतिष्ठानबाट अस्पताललाई अलग्गै राख्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थीहरु प्रदेश सरकार बिरुद्ध प्रदर्शन गरेका छन् ।

जनकपुरधाममा नगर परिक्रमा गर्दै प्रदेश सरकार बिरुद्ध नारावाजी समेत गरेका छन् । अस्पताललाई प्रतिष्ठानबाट मुक्त नगरिए सम्म आन्दोलन अझ सशक्त बनाउँदै लग्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।

अस्पतालको प्रमुख प्रतिष्ठानका निर्देशक हुने प्रावधान छ । तर प्रतिष्ठानका भीसी डा।रामकेवल साहले नै प्रमुखको कुर्सीमा बस्दै आएको उनीहरुको आरोप छ ।

आन्दोलित स्वास्थ्यकर्मी, चिकित्सक र कर्मचारीहरुले शुक्रबार मधेष प्रदेश सभा पुगेर सभामुख सरोज कुमार यादवलाई ज्ञापन पत्रमार्फत आफ्ना मांगहरुप्रति ध्यानाकर्षण गराएका हुन । ज्ञापन पत्र बुझ्दै सभामुख यादवले, मुख्यमन्त्री लगायत पदाधिकारीहरुसंग छलफल गरि सम्पूण समस्याहरुको समाधान गर्ने आश्वासन दिनुभयो ।

 

Comment


Related News

Latest News

Trending News