२०७८ चैत्र २६, शनिबार ०८:३२

गौर । गौर नगरपालिका–२ का निर्वाचित वडा अध्यक्ष एवं लोकतान्त्रिक समाजवादी पार्टीका गौर नगरपालिकाको नगर अध्यक्ष राकेश कुमार झा आफ्ना समर्थक सहित जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

शुक्रबार आायेजित एक समारोहबीच मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले वडा अध्यक्षको घरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा झा लाई टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । झा संगै निर्वाचित महिला वडा सदस्य हिरदा देवी पासवान लगायत १ दर्जन स्थानीय नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् । आसन्न निर्वाचनको समय नजिकिंदै गएको बेला रौतहट जिल्लामा पार्टी परिवर्तन गर्नेहरुको संख्या दिन दिने बढ्दै गएको हो ।

जनता समाजवादी पार्टीमा अहिले सम्म निर्वाचित ४ जना वडा अध्यक्ष प्रवेश गरि सकेका छन् । यस अघि राजदेवी नगरपालिका–७ का निर्वाचित वडा अध्यक्ष संजय कुमार यादव , माधव नारायण नगरपालिका– ६ का वडा अध्यक्ष राजिव यादव पार्टी प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा राज्य मन्त्री यादवले नेपाली कांग्रेस , नेकपा एमाले र नेकपा एस मधेशको लागि शोषकहरुको पार्टी रहेको टिप्पणी गरे । उनले भने,‘ मधेशी जनतालाइ प्रयोग गरी फाल्ने नीति लिएको पार्टी नै कांग्रेस एमाले र माओवादी रहेको छ ।’ नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएका माधव नेपालले मन्त्री बनाउदा एक जना मधेशी समुदायका व्यक्तिलाइ समावेश नगरेको उदाहरण प्रस्तुत गर्दै अबको निर्वाचनमा जसपालाइ नै रोज्नु पर्ने आग्रह गरे । गौर नगरपालिकामा भएको विकास निर्माणको कार्य स्थानीय सरकारको लगानीको नभइ संघीय सरकार र प्रदेश सरकारको लगानीको प्रतिफल रहेको जिकिर गरे । कार्यक्रममा केन्द्रीय सदस्य रेवन्त झा , गौर नगरपालिकाका नगर प्रत्याशी किरण कुमारी ठाकुर , नव प्रवेशी वडा अध्यक्ष राकेश झा लगायतका बक्ताहरुले गौरमा जनता समाजवादी पार्टीलाई मतदान गरी निर्वाचित बनाउन अपिल गरे ।

Comment


Related News