२०७८ चैत्र २६, शनिबार ०८:३५

कलैया । बाराको अम्लेखगंजमा अत्ति प्रज्वलनशील पदार्थ बोकेका पेट्रोलियम ट्ंयाकरहरु वस्ती छेउछाउमा पार्किङ्ग गरिदिँदा सो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ ।

आयल निगमको अम्लेखगञ्ज डिपो छेउका सडकपेटी र वस्ती छेउका घर आँगनमा प्रतिघर ३ देखि ४ वटासम्म ट्यांकरहरु पार्किङ गरिने गरिएको छ । विराटनगर, भैरहवा, जनकपुरधाम र पोखराबाट पेट्रोलियम पदार्थ लिन आउने ट् यांकर र बरौनीबाट पेट्रोल बोकेर आएका साधनहरु अमलेखगञ्जको सडक छेउ र वस्ती क्षेत्रमै पार्किङ गर्ने गरिएको छ । पेट्रोलियम पदार्थ बोकेका वा खाली दुवैखाले ट्ंयाकर अत्ति प्रज्वलनशील भएकाले सानो आगोको झिल्कोले पनि ठूलो दुर्घटना निम्तिन सक्ने भन्दै स्थानीयवासीहरुले गुनासो गरेका छन् । यसअघि सडक छेउमा पार्किङ गरिराखेको ट्यांकरलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा अम्लेखगञ्जमा आगलागीको घटना समेत भइसकेको छ । निगम भित्रै पनि गत साता तार सर्ट भएर आगलागी हुँदा अमलेखगञ्जका एक स्थानीयवासीको ज्यान समेत गएको थियो ।

Comment


Related News

Latest News

Trending News